Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

मधेसखबर र रातोपाना अनलाइनकाे समुद्घाटन

spot_img
spot_img

वीरगंज । अनलाइन पत्रिका मधेसखबर डटकम र रातोपाना डटकम संचालनमा आएको छ । वीरगंजमा शनिवार समुद्घाटनसंगै दुवै अनलाइन पत्रिका संचालनमा आएको हो । वीरगंज ८ पानीटंकीस्थित कार्यालयमा मानव सेवा आश्रम वीरगंजमा आश्रीत सविना मानव र चिन्टु मानवले संयुक्त रुपमा दुवै अनलाइन पत्रिकाको समुद्घाटन गरेका हुन् ।

त्यसअघि वीरगंज पब्लिक कलेजको सभाकक्षमा आयोजित समुदघाटन समारोहमा बोल्दै मधेस प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले संचार क्षेत्रमा अहिले अनलाइन मिडियाको लोकप्रियता र प्रभावकारीता बढ्दै गएको बताए ।

उनले वीरगंजबाट शनिवारदेखि संचालन र प्रकाशनमा आएको रातोपाना र मधेसखबर डट कम अनलाइन पत्रिकाले वीरगंजमा मात्र नभइ देश विदेशमा छुटटै पहिचान स्थापित गर्नेमा आफु विश्वस्त रहेको बताए । मन्त्री शर्माले यी दुई अनलाइन पत्रिकामा आबद्ध पत्रकारहरु, अनुभवी पनि भएकाले यसबाट प्रकाशन र प्रसारण हुने संचार सामग्री सत्य तथ्य र निष्पक्ष हुने अपेक्षा आफुले गरेको बताए ।

मधेस प्रदेश सरकारले मधेसका संचार माध्यम र संचारकर्मीका लागि अपेक्षाकृत सहयोग गर्न नसकेको स्वीकार्दै मन्त्री शर्माले तर यस प्रति आफुहरु गम्भिर रहेको बताए ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले दुवै अनलाइन पत्रिकाको सफलताको शुभकामना दिए । सांसद यादवले वीरगंजकाे पत्रकारीतामा स्थापित पत्रकारहरुको टिमले संचालन गरेको यी दुवै अनलाइन पत्रिका, पत्रकारीताको व्यवसायिक मुल्य मान्यतामा खरो रुपमा उत्रने विश्वास लिएको बताए ।

पत्रकार, कुनै पनि दल विशेषको आस्था र प्रभावमा पर्न नहुने भन्दै यादवले पत्रकारीता क्षेत्रमा अहिले देखिएको दलगत आग्रह र पूर्वाग्रह नहटाए सम्म पत्रकारीता स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताए ।

पर्साको पोखरीया नगरपालिकाका निवर्तमान मेयर दिप नारायण रौनीयार (मन्टु) ले मधेसखबर डटकम र रातोपाना डटकमको सफलताको शुभकामना दिदै पत्रकारीता सत्यतथ्य र निष्पक्ष हुनु पर्नेमा जोड दिए ।

पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुनले यी दुवै अनलाइन पत्रिकाले समाजका विकृति र विसंगति विरुद्ध आवाज उठाउनु पर्ने बताइन् । उनले समाजमा पछि परेका र पछाडि पारिएका महिला, अल्पसंख्यक, सिमान्तकृत समुदायको अधिकार र उत्थानका लागि पत्रकारको कलम अझ धेरै चल्नु पर्नेमा जोड दिइन् ।

मधेसखबर डटकमका अध्यक्ष एंव प्रकाशक क्रान्ति शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेस प्रदेशका महासचिव श्याम बन्जाराले  वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, नेपाली कांग्रेस वीरगंजका पुर्व नगर सचिव मनोहर साह, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस संगठ पर्साका अध्यक्ष मनोज पटेल लगायकाे उपस्थिती रहेकाे थियो ।

समुद्घाटन समारोहमा स्वागत मन्तव्य रातोपाना डटकमका अध्यक्ष श्याम सर्राफले र संचालन मधेस खबर डटमकमकी सम्पादक माधुरी महत्तोले गरेकी थिइन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...