Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पिपरामा नेकपा एसकाे सम्पर्क कार्यालय उद्घाटन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजवादी वीरगंज महानगरपालिका वडा नं. १४ पिपराकाे जन सम्पर्क कार्यालय संचालनमा आएकाे छ । पिपरामा स्थापना भएकाे सम्पर्क कार्यालय बिहिबार एक कार्यक्रमकाे बिच पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरी र पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्यले संयुक्त रुपमा गरेका हुन् ।

वडा कमिटी अध्यक्ष मदन प्रसाद कुर्मीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बाल गोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, केन्द्रिय लेखा आयोगका सदस्य किशोरी कुशवाहा, युवा संघ नेपालका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज अनिल पटेल, गंगा खड्का, मोहन यादव, द्वारिका श्रीवास्तव, राज श्रीवास्तव, पवन पटेल, प्रताप पटेल, प्रहलाद काेइराला लगयातकाे उपस्थिति रहेको थियो ।

यसैबिच वडा कमिटीकाे बैठकले वडाध्यक्षकाे उम्मेदवारमा रामबालक पटेललाई सर्वसहमत चयन गरेकाे छ । यसैगरी पार्टीकाे तर्फबाट वडा सदस्यकाे उम्मेदवारमा मुकेश पटेल, राम दिनेश पटेल लगयातलाई चयन गरेकाे युवा संघका केन्द्रिय सदस्य अनिल पटेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...