Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वडाध्यक्षका आकांक्षीहरुबिच झडप, ८ जना घाइते

spot_img
spot_img

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा वडाअध्यक्षका आकांक्षीहरुबिच झडप भएको छ । वर्तमान वडाअध्यक्ष अस्लम देवान र आसन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षका आकांक्षी मुस्तकिम अंसारीबिच झडप हुँदा दुवै पक्षका गरेर ८ जना घाइते भएका छन् ।

भलुहि टोलमा कोईला डिपो अगाडि बाँसले घेरेर बन्द गरिएको बाटो खुलाउन गएका मुस्तकिम अंसारीसहितको टोलीलाई वडा अध्यक्ष असलम देवान लगायतको टोलीले गाली गलोज गर्दा विवाद शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सामान्य भनाभनपछि असलम देवान पक्षका व्यक्तिहरू मुस्तकिम अंसारी पक्षको समुहमाथि हातपात गर्दा असलम देवान पक्षको समूहले कुटपिट गरेको हो ।

कुटपिटबाट मुस्तकिम अंसारीसहित चाद महम्मद मंसुरी, मुमताज आलम, यासिन मिया, तमिजुदिन अंसारी, खुरशेद आलम लगायत घाइते भएका छन् । चांद महम्मद मंसुरी र ममताज आलमको आईसियुमा उपचार भइरहेको छ । यासिन मियाँको खुट्टा भाँचिएको र खुरशेद आलमको हात भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

घटनामा संलग्न हरूकाे खाेजी कार्य भई रहेको
जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उता अस्लम देवानसहित उनका दाजु भाई गरी ३ जना सामान्य घाइते भएका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी वयोद्या अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...