वीरगंज । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ४ काे क्षेत्रिय बैठक सम्पन्न भएकाे छ । क्षेत्रिय सभापति श्रीकान्त यादवकाे सभापतित्वमा बसेकाे बैठकले विनय भुषण द्विवेदीलाई क्षेत्रिय काेषाध्यक्षमा मनाेनित गरेकाे छ ।
यसैगरी बैठकले क्षेत्रिय समितिकाे सदस्यमा मदन माेहन माली, माेजालिम मियाँ, जाकिर मियाँ, महमद रेयाज हुसेनलाई मनाेनित गरेकाे छ ।
यसैगरी बैठकले नेपाली कांग्रेसकाे विधान अनुसार प्रतिनिधि सभा कार्य सम्पादन समिति र संसदिय समिति समेत गठन गरेकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।
कार्य सम्पादन समितिमा सभापति श्रीकान्त यादव श्रीकान्त यादव, उप सभापति दिपेन्द्र कुमार सिंह, सदस्यमा जीवन कृष्ण सापकाेटा, बलिष्टर अहमद, प्रमाेद प्रसाद, विनय भुषण द्विवेदी, संजय कुमार चाैधरी, दुर्याेधन पाण्डे ब्राहमण, सुरेन्द्र बहादुर क्षेत्री, प्रभु प्रसाद चाैहान, सुनिल कुमार साह, मदन माेहन माली र माेजालिम मियाँ चयन भएका छन् ।
संसदिय समितिमा क्षेत्रिय सभापति श्रीकान्त यादव, केन्द्रिय सदस्य रमेश रिजाल, क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमाेद प्रसाद लगायतका चयन भएका छन् ।
यसैगरी बैठकले सभापति श्रीकान्त यादवकाे संयाेजक्तवमा १५१ निर्वाचन प्रचार प्रसार समिति समेत गठन गरेकाे छ ।








