Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

वीरगञ्जमा जसपा प्रतिकाे आकर्षण बढ्दै छ : नेता सिंह

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता राजेशमान सिंहले वीरगञ्जमा जसपा प्रति आकर्षण बढ्दै गएकाे बताएका छन् । पार्टीको निर्वाचन चीन्ह छाता छाप प्रति वीरगञ्जका सम्पूर्ण वडामा आकर्षण बढिरहेको सिंहले बताएका हुन् ।

वीरगञ्ज-१६ मा आइतबार आयोजित घरदैलो तथा अगुवा कार्यकर्ता भेलाका क्रममा नेता सिंहले जसपाको चुनाव चिन्ह छता छाप प्रति बढेको जनलहरले पार्टीका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताए ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जसपाबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवारसमेत रहेका सिंहले महानगरमा हालका निर्वाचित जनप्रतिनिधिले कुनै उपलब्धिमुलक काम नगरेको आरोप लगाउँदै जनताले छता छापलाई विकल्पका रुपमा लिएको दावी गरे । उनले जसपाका उम्मेदवारहरुले मात्र महानगरलाई विकास गर्न सक्ने बताए ।

सिंहले आफू महानगरको मेयरको रुपमा निर्वाचित भएपश्चात यहाँको सरकारलाई  जनमैत्री र पारदर्शी बनाउने र जनताको घरदैलोसम्म सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।


घरदैलोमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि सहभागिता जनाएका थिए ।

घरदैलो  सहभागि पार्टीका नेताहरुले छाता छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढीरह्दा स्वागतमा स्थानीयहरुले जसपाका सम्पूर्ण उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर विजयी गराउने प्रतिबद्धता समेत दिएका थिए ।

घरदैलाेमा सहभागिहरुले वीरगञ्ज महानगरमा छाता छापको लहर, छाता छापमा भोट हालौं, राजेशमान सिंहलाई विजयी बनाऔं लगायतका नाराहरु समेत लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...