Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा गठबन्धन नगर्ने कांग्रेस र जसपाकाे संयुक्त विज्ञप्ती

spot_img
spot_img

वीरगंज । आसन्न स्थानीय तहको निर्वाचनमा पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन नगर्ने भएका छन् । 

सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला पर्सामा नेपाली कांग्रेस र जसपाले गठबन्धन नगरी मित्रवत् प्रतिश्पर्धा गर्ने निर्णय गरेका छन् ।  

कांग्रेस र जसपाले शनिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आसन्न स्थानिय निर्वाचनमा पर्साकाे १४ पालिकामा गठबन्धन नगर्ने जनाएका हुन् । कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने उल्लेख छ । 

गठबन्धन नहुने भएपछि पर्सामा अब कांग्रेस र जसपाले वीरगञ्ज महानगरसहित जिल्लाका सम्पूर्ण स्थानीय तहमा आ-आफ्नो उम्मेदवार उतार्ने छन् । 

जिल्लामा गठबन्धन नहुने भएपछि कांग्रेस, जसपा र एमाले बीच त्रिपक्षीय प्रतिश्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एसको जिल्लामा खासै पकड नभएको कारण पनि जिल्लामा त्रिपक्षीय प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको कथन छ ।

पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...