Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पर्सामा गठबन्धन नगर्ने कांग्रेस र जसपाकाे संयुक्त विज्ञप्ती

spot_img
spot_img

वीरगंज । आसन्न स्थानीय तहको निर्वाचनमा पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन नगर्ने भएका छन् । 

सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला पर्सामा नेपाली कांग्रेस र जसपाले गठबन्धन नगरी मित्रवत् प्रतिश्पर्धा गर्ने निर्णय गरेका छन् ।  

कांग्रेस र जसपाले शनिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आसन्न स्थानिय निर्वाचनमा पर्साकाे १४ पालिकामा गठबन्धन नगर्ने जनाएका हुन् । कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने उल्लेख छ । 

गठबन्धन नहुने भएपछि पर्सामा अब कांग्रेस र जसपाले वीरगञ्ज महानगरसहित जिल्लाका सम्पूर्ण स्थानीय तहमा आ-आफ्नो उम्मेदवार उतार्ने छन् । 

जिल्लामा गठबन्धन नहुने भएपछि कांग्रेस, जसपा र एमाले बीच त्रिपक्षीय प्रतिश्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एसको जिल्लामा खासै पकड नभएको कारण पनि जिल्लामा त्रिपक्षीय प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको कथन छ ।

पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...