Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

हनुमान जयन्तीको अवसरमा वीरगंजमा विशाल शोभा यात्रा

spot_img
spot_img

वीरगंज । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती शनिबार वीरगंजमा धुमधामकाे साथ मनाइएकाे छ । विभिन्न कार्यक्रम गरी देशभर मनाए जस्ताे वीरगंजमा पनि मनाइएकाे हाे । विश्व हिन्दु परिषद नेपाल पर्साले वीरगंजमा विशाल शोभा यात्रा निकालेर हनुमान जन्मजयन्तीकाे मनाएकाे हाे ।

वीरगंज महानगरपालिकाकाे विभिन्न क्षेत्रबाट बाँजागाजासहित निकालिएको शोभा यात्रा घण्टाघर चोकमा भेला भई हजारौंको संख्यामा सहभागि विशाल शोभा यात्रा वीरगंज महानगरपालिका परिक्रममा गरेको थियो । 

घण्टाघर चोकदेखि निस्केकाे शाेभा यात्रा छपकैया चोकसम्म करिब साढे तीन किलो मिटर लामो दुरी परिक्रमा गरेकाे थियाे ।

वीरगंज महानगरपालिका क्षेत्रका ३२ औं वडाका स्थानिय, ग्रामिण भेग तथा बाराका हिन्दु समुदायको विशेष उपस्थितिमा झाँकी सहित निस्केकाे शाेभा यात्रामा उत्साहपूर्ण सहभागिता रहेकाे थियाे । चर्को घामको परवा नै नगरी भव्य रुपमा निकालिएकाे शोभा यात्रामा हजाराैंकाे संख्यामा हिन्दु समुदायकाे सहभागि थिए । शोभा यात्रामा सहभागि रामभक्त हनुमान भक्तलाई विभिन्न संघ सस्थाले ठाउँ ठाउँमा जल पिलाउँने व्यवस्था समेत गरेका थिए ।

श्री राम भक्त हनुमानको जय जय कार, तथा जय श्री रामको नारा लगाउँदै नाच्दै झुम्दै शोभा यात्रामा मानिसहरु सहभागिता जनाएका थिए ।

शोभा यात्रा नगरपरिक्रममा पश्चात घण्टाघर चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र प्रसाद सिंहले भगवान हनुमानको जीवनी बारे चर्चा गर्दै, भगवान श्री हनुमानले हिन्दु समाजलाई उचित व्यवस्थापन गर्न दिनुभएको सन्देशलाई सम्पूर्ण हिन्दु समाजले पालना गर्नुपर्ने धाराणा राखे ।

उनले भने, जसरी हनुमान भगवानले श्री राम जीको आदेशलाई पालना गरी आफनो धर्मको रक्षा गर्नुभयो, त्यसरीनै हिन्दु समाज आफनो व्यवस्थापन गरी देशको अस्मिता, स्वाभिमान र गरिमा जोगाउँन हिन्दु समाज देशको सुरक्षा निकायसंग काँधमा काँध जुटाएर अगाडी बढ्न तयार छौ ।

यो कार्यक्रममा एउटा एतिहासिक कार्यक्रम रहेको बताउँदै, उनले भने, ‘यो कार्यक्रम कसैलाई डराउँनु, वा तर्साउँनको लागि गरिएको होईन हिन्दु समाज र नेपाललाई संगठित समाज र सशक्त समाज बनाउँनको लागि यो प्रयास गरिएको हो ।’ विधर्मीहरुले यसलाई अन्यथा नलिए हुन्छ, हिन्दु समाजमाथि भईरहेको प्रहार रोकिएन भने, यसको परिणाम ठूलो हुन्छ, आज टेलर मात्र थियो, पुरा फिल्म हेराउँन बाँकी नै छ उनले भने ।

शोभा यात्रामा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, विभिन्न हिन्दु संघ संगठनका अगुवावाहरु लगायत हिन्दुहरु समुदायकाे सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...