Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

एमालेबाट बहुदरमाईकाे मेयरमा पटेल र उप मेयरमा कुशवाहा सिफारिस

spot_img
spot_img

वीरगंज । आसन्न स्थानिय निर्वाचनमा बहुदरमाई नगरपालिका नेकपा एमालेको तर्फबाट मेयरमा शिव पटेल र उप-मेयरमा सुश्मा कुशवाहालाई उमेदवार बनाउन सिफारिस गरिएकाे छ ।

नेकपा एमाले बहुदरमाई नगर कमिटीको शुक्रबार बहुदरमाई नपा-२ पिपरामा बसेको बैठकले मेयरमा पटेल र उप मेयरमा कुशवाहालाई उम्मेदवार बनाउन सिफारिस गरेकाे हाे । मेयरकाे उम्मेदवारमा सिफारिस पटेल केही दिन पहिला मात्र लाेसपा परित्याग गरी एमालेमा प्रबेश गरेका थिए भने उप मेयरमा सिफारिस कुशवाहा एमाले बहुदरमाई गाउँपालिका कमिटीका अध्यक्ष प्रमाेद कुशवाहाकी बुहारी हुन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला सह इन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्य एवम् बहुदरमाइ नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता सम्पन बैठकले दुई पदकाे उम्मेदवारकाे लागि दुई जनाकाे नाम मात्र पार्टीको जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमाले बह्हुदरमाइ नगर कमिटीका सचीव सुरेन्द्र यादवले बताए ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तेजप्रकाश निशाद, जिल्ला कमिटीका उपाध्यक्ष फरमान अन्सारी, सचिव मनोज गुप्ता, सह-सचीव सन्जिव मिश्रा, जिल्ला कमिटी सदस्य ध्रुब साह, केदार तिवारी, पुरन प्रसाद कुर्मी, रामबाबू साह, सुनिल कुशवाहा लगायत नगर कमिटिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...