Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

एमालेबाट बहुदरमाईकाे मेयरमा पटेल र उप मेयरमा कुशवाहा सिफारिस

spot_img
spot_img

वीरगंज । आसन्न स्थानिय निर्वाचनमा बहुदरमाई नगरपालिका नेकपा एमालेको तर्फबाट मेयरमा शिव पटेल र उप-मेयरमा सुश्मा कुशवाहालाई उमेदवार बनाउन सिफारिस गरिएकाे छ ।

नेकपा एमाले बहुदरमाई नगर कमिटीको शुक्रबार बहुदरमाई नपा-२ पिपरामा बसेको बैठकले मेयरमा पटेल र उप मेयरमा कुशवाहालाई उम्मेदवार बनाउन सिफारिस गरेकाे हाे । मेयरकाे उम्मेदवारमा सिफारिस पटेल केही दिन पहिला मात्र लाेसपा परित्याग गरी एमालेमा प्रबेश गरेका थिए भने उप मेयरमा सिफारिस कुशवाहा एमाले बहुदरमाई गाउँपालिका कमिटीका अध्यक्ष प्रमाेद कुशवाहाकी बुहारी हुन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला सह इन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्य एवम् बहुदरमाइ नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता सम्पन बैठकले दुई पदकाे उम्मेदवारकाे लागि दुई जनाकाे नाम मात्र पार्टीको जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमाले बह्हुदरमाइ नगर कमिटीका सचीव सुरेन्द्र यादवले बताए ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तेजप्रकाश निशाद, जिल्ला कमिटीका उपाध्यक्ष फरमान अन्सारी, सचिव मनोज गुप्ता, सह-सचीव सन्जिव मिश्रा, जिल्ला कमिटी सदस्य ध्रुब साह, केदार तिवारी, पुरन प्रसाद कुर्मी, रामबाबू साह, सुनिल कुशवाहा लगायत नगर कमिटिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...