Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

जगरनाथपुरमा बैशाख ७ देखी टाईफाइड विरुद्धकाे खाेप संचालन हुने

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा टाईफाइड राेग विरुद्धकाे खाेप बैशाख ७ गतेदेखी १२ गते सम्म संचालन हुने भएकाे छ । राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत १५ महिनादेखी १५ बर्ष सम्मका सम्पूर्ण बालकालिकालाई टाईफाड विरुद्धकाे खाेप दिइने जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रबेन्द्र साहले वताए ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाले शुक्रबार आयाेजना गरेकाे टाईफाइड राेग विरुद्धकाे नियमित खाेपमा टाईफाइड खाेप सुरुवात सम्बन्धि संचारकर्मीलाई अभिमुखिकरण कार्यक्रममा खाेपकाे बारेमा जानकारी गराउँदै स्वास्थ्य संयाेजक साहले गाउँपालिकामा रहेका साे उमेर समुहका १३ हजार ८ सय ९३ जनालाई खाेज प्रदान गरिने वताए ।

उनका अनुसार जसमा ७ हजार एक सय ३२ बिद्यालय भित्र र ६ हजार ७ सय ६१ विद्यालय बाहिर रहेका छन् । खाेपकाे पहिलाे प्राथमिकता विद्यालय र दाेस्राे प्राथमिकता समुदाय रहेकाे छ । ५ दिने खाेप अभियानमा छुटेकाहरुलाई अन्तिम दिन बैशाख १२ स्वास्थ्य संस्थामा समेटिने छ ।

गाउँपालिका अन्तर्गतकाे ६ वडामा ४८ खाेप केन्द्रमा ५६ जना महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरिएकाे स्वास्थ्य संयाेजक साहले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा वाेल्दै गाउँपालिका अध्यक्ष जालिम मियाँले अनियवार्य रुपमा खाेप लिन सबैलाई आग्रह गरे । उनले टाईफाइडबाट बच्न खाेप अनियवार्य रहेकाे वताउँदै खाेप अभियानकाे समय अवधिमा सम्बन्धित खाेप केन्द्रमा गई अनिवार्य रुपमा खाेप लिनु पर्ने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...