Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जिल्लाकाे सबै पालिकामा गठबन्धन नगर्ने काँग्रेस पर्साकाे निर्णय

spot_img
spot_img

वीरगंज । आसन्न स्थानीय तह निर्वाचनमा पर्सामा गठबन्धन नगर्ने नेपाली कांग्रेस पर्साको बुधवार बसेको बैठकले निर्णय गरेको छ । जिल्लाका प्रमुख नेताहरुको उपस्थितीमा बसेको जिल्ला कार्यसमितिको बृहत्तर बैठकले यस्तो निर्णय गरेको जिल्ला उपसभापति रामनारायण कुर्मीले बताए ।

‘जिल्लामा रहेका वीरगंज नगरपालिकासहित सबै १४ वटा पालिकामा नेपाली काँग्रेसले अन्य दलसंग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ पर्सामा स्थानीय तह निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेको नेता कुर्मीले भने, ‘नेपाली काँग्रेस पार्टीले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय भएको छ ।’

पार्टीका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएको बैठकमा पार्टीका नेताहरु नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अर्का केन्द्रीय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पुर्व पर्सा सभापति राजेन्द्र बहादुर अमात्य, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मा लगायत बैठकमा उपस्थित थिए ।

यसैविच बुधवार नगर कार्यसमितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली र क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ताको अगुवाईमा स्थानीय नेताहरुले पत्रकार सम्मेलन गरेर कार्यकर्ताको मर्म बिपरित केन्द्रको घोषणा भए यसलाई नमान्ने भन्दै विद्रोह गर्ने चेतावनी दिएका थिए ।

संघीय सरकारमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको खबर आएपछि पर्साबाट त्यसको बिरोध भएको हो । वीरगंज महानगरपालिका पर्ने पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ र २ का नेपाली काँग्रेसका क्षेत्रीय समितिले बेग्लाबेग्लै प्रेस बिज्ञप्ति निकाल्दै तालमेल गरेर चुनावमा जान नहुने भन्दै असहमति सार्वजनिक समेत गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साको ठोरीमा प्रहरीको मदिरा नियन्त्रण अभियानमा, स्थानीयद्वारा विरोध

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा प्रहरी र स्थानीयबासीबीच विवाद उत्पन्न भएको छ। इलाका प्रहरी कार्यालय...

समाचार प्रकाशितपछि वीरगंज महानगरले ६ आन्तरिक आय शीर्षकको ठेक्का आह्वान गर्‍यो

वीरगंज । वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार,...

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका...