Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कालिकामाईमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा मंगलबार नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तर्गत भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय जना भन्दा बढीले कांग्रेस प्रबेश गरेकाे कालिकामाई गाउँपालिका सभापति छठु साहले वताए । 

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न.४ का क्षेत्रीय सभापति श्रीकान्त यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का कालिकामाई गाउँपालिका सह संयाेजक राधाकिशु चाैरसिया, पप्पु खाँ, अशाेक प्रसाद चाैरसिया, बद्रीनारायण चाैरसिया, अरुण चाैरसिया, रामबालखन महताे काेइरी, किशाेरी महताे नुनिया, रामबालक प्रसाद चाैरसिया, रामबहादुर प्रसाद चाैरसिया लगायतकाले कांग्रेस प्रबेश गरेकाे सभापति साहले जानकारी दिए ।

यसैगरी कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीबाट जसपाका राजेन्द्र प्रसाद चाैरसिया, पारस प्रसाद चाैरसिया, जितेन्द्र प्रसाद चाैरसिया, प्रेम चन्द्र प्रसाद चाैरसिया, सुरेन्द्र प्रसाद चाैरसिया, हिन्द्र प्रसाद चाैरसिया, शिवशंकर प्रसाद चाैरसिया, किशाेरी प्रसाद चाैरसया लागयतकाले पनि पार्टी प्रबेश गरेकाे उनले वताए ।

नव प्रबेशी सबै जनालाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, बिशिष्ट अतिथी केन्द्रिय सदस्य अजय कुमार चौरसीया, जिला सभापती श्री जनार्दन सिह क्षेत्रीले फुल माला र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, जिल्ला उप सभापति अशोक गुप्ता, जिल्ला सह सचिव नवीन सिंह, काेषाध्यक्ष प्रेम बहादुरु थापा, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, प्रदेश सभा क्षेत्र नं. ४ (ख) का सभापति दिपेन्द्र सिंह, कालिकामाई गाउँपालिकाका सभापति छठु साह, अजय पटेल, इमरान आलम लगायतले शुभकामना मन्तव्य राख्दै कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ काे आयाेजनामा भएकाे पार्टी प्रबेश कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिस्टर अहमदले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेताहरुले अगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका थिए । वक्ताहरुले इमान्दारी पुर्वक मतदान गरे वडादेखी पालिका अध्यक्षमा सम्म पार्टीका सबै उम्मेदवार विजयी हुने वताए । वक्ता नेताहरुले पार्टीले उचित मुल्यांकलन गरेर जाे काेहीलाई पनि टिक दिने कार्यक्रममा विश्वास दिलाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य रिजालले नेपाली कांग्रेसकाे मुलुकमा विकल्प नरहेकाे वताए । उनले कालिकामाई गाउँपालिकासंग मेराे पुरानाे सम्बन्ध रहेकाे वताउदै सबैले नेपाली कांग्रेसमा गाेलबन्द हुन आग्रह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...

पर्साको ठोरीमा प्रहरीको मदिरा नियन्त्रण अभियानमा, स्थानीयद्वारा विरोध

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा प्रहरी र स्थानीयबासीबीच विवाद उत्पन्न भएको छ। इलाका प्रहरी कार्यालय...

समाचार प्रकाशितपछि वीरगंज महानगरले ६ आन्तरिक आय शीर्षकको ठेक्का आह्वान गर्‍यो

वीरगंज । वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार,...