Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

सर्लाहीमा पनि हरवाचरवा अधिकार मञ्च गठन

spot_img
spot_img

वीरगंज । “सर्लाही हरवाचरवा मुक्तिको घोषणा गरौं, सामाजिक न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौं” भन्ने मुल नाराका साथ हरवाचरवा अधिकार मञ्च सर्लाहीको प्रथम जिल्ला भेला बुधबार सम्पन्न भएको छ ।

भेलाले रामदयाल मान्झीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाही गठन गरेको छ । जसको उपाध्यक्ष सोनीया माझी, सचिव रामबाबु पासवान, कोषाध्यक्ष उपेन्द्र राम  र सह सचिव रजरनीया माँझी चयन भएका छन् ।

मंचकाे सदस्यहरुमा मोहीचन माँझी, भागीरथ माँझी, राजकुमार माँझी, सबिता माँझी, सीतादेबी राम, कौशिल्या देबी माँझी, कालीचरन माँझी, नथनी माँझी र देबेन्द्र राम चयन भएका हुन् ।

भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं दलित नेता रामकेवल माँझीले अहिलेको २१ औं शताब्दीमा बिज्ञान र प्रबिधीको बिकास चरमचुलीमा पुगी सकेको सन्दर्भमा नेपालको मधेस प्रदेशको ८ वटा जिल्लाहरुमा ब्याप्त रहेको हरवाचरवा प्रथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दुःखत रहेको बताए ।

साथै उनले अहिले मुलुकमा संघीयता र समावेशी बिकासको अभ्यास भईरहेकोले हरवाचरवाहरुको समग्र मुक्ति र पुर्नस्थापनका लागि ३ वटै सरकारले निति तथा कानुन निर्माण गरि त्यसको प्रभावकारी कार्यान्वयन गर्दै अनुगमन संयन्त्रको बिकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका बिशिष्ट अतिथी एवं राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले हरवाचरवाको अनुचित क्रणको खारेजीसहित न्यायिक पुर्नस्थापनका लागि नेपाल सरकारले हरवाचरवाको अर्थपुर्ण सहभागिता सहित एक शक्तिशाली आयोग गठन गर्नुपर्ने जिकीर गरे ।

साथै उनले सरकारले छिटो भन्दा छिटो हरवाचरवाको तथ्याकं संकलन, प्रमाणिकरण गरि परिचयपत्र बितरण गर्नुपर्ने, हरवाचरवालाई रोजगारीको ब्यवस्थ गर्नुपर्ने, शिक्षा, स्वास्थ्यको निशुल्क ब्यवस्था गरि निति निर्माण गर्ने तहमा हरवाचरवाको सामान सहभागिता सुनिश्चित गर्नुपर्ने वताए । 

रामदयाल माँझीको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनारायण पासवानले सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको औचियत्तामाथी प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला हरवाचरवा एक्टिभीष्ट सुब्बासाहेव पासवानले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम बहादुर सार्की, बहुजन एकता पार्टी नेपाल सर्लाहीका जिल्ला अध्यक्ष देबेन्द्र राम, जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटका अध्यक्ष बिगनेस पाशवान, जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका सचिव ममता बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...