Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

माओवादी केन्द्र वीरगंजकाे चुनावी रणनितिक बैठक सम्पन्न

spot_img
spot_img
वीरगंज । नेकपा (माओवादी केन्द्र) वीरगंज महानगरपालिका अनतर्गतका वडा कमिटी अध्यक्षहरुको बैठक सम्पन्न भएको छ । वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा बसेको बैठकमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे बारे छलफल गरिएको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य जुबेर आलमले वताए ।
 
बैठकले आगामी स्थानीय चुनावमा वडा कमिटीहरुले खेल्नु पर्ने भुमिका बारे प्रशिक्षण र कमिटीहरुबाट उम्मेदवारहरुको नाम सिफारिस माग गरेको उनले जानकारी दिए । बैठकमा पार्टीको चुनावी रणनीति बारे विशेष छलफल गर्दै आगामी दिनहरुमा पार्टी कुन मोडालिटिमा प्रचार प्रसार र घर्दैलो गर्ने समेत छलफल गरिएको आलमले वताए ।
 
बैठकमा महानगर उपाध्यक्षद्वय अनिरुद यादव, जुमादिन अन्सारी, राजु बैठा, सचीव सुरेन्द्र गुप्ता, सह सचीव दिपेन्द्र मण्डल, कोषाध्यष रेनु कार्कि लगायतकाे उपस्थिती रहेकाे थियाे ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...