Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

हरवाचरवा अधिकार मञ्च गठन

spot_img
spot_img

वीरगंज । बर्दिबास महोत्तरी हरवाचरवा मुक्तिको घोषणा गरौ, न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौ भन्ने मुल नाराका साथ महोत्तरी जिल्लाको बर्दिबासमा हरवाचरवा अधिकार मञ्चको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले जतन मण्डलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरी गठन गरेको छ । नवगठित मञ्चको उपाध्यक्ष श्यामसुन्दर मण्डल, सचिव ममता बिश्वकर्मा, कोषाध्यक्ष तेतरी देबी यादब र सहसचिव गितादेबी मण्डल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सामा सदा, दुलारी सदा, उर्मिला सदा, सुस्मा परियार, सबिना परियार, अरुन दाश, सुमित्रा कापड, लोथी खातुन, बेचन दाश र रन्जुदेबी मण्डल रहेका छन् ।

भेलाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का पोलीटब्युराे सदस्य माननीय रबिन्द्र बैठाले युगौदेखि दाशप्रथाको अबशेषको रुपमा रहेको हरवाचरवा प्रथाको समुल रुपमा अन्त्य गर्न संघर्ष आवश्यक रहेको र त्यसका लागि जुझारु ढंगबाट अधिकारवालाको संगठन परिचालन गर्नु पर्ने जिकीर गरे ।

साथै उहाँले आफुपनि हरवाचरवा पृष्ठभूमीबाट यहाँसम्म आईपुगेको कुरा स्मरण गर्दै आगमाी निति तथा कार्यक्रममा हरवाचरवाका सवालहरु सम्बोधन गराउन प्रदेशसभामा जोडदार ढंगले कुरा उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रमका बिशीष्ट अतिथी राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष संघीय सरकारकाे भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा हालै गठित हरवाचरवा, मुक्त हलिया तथा कमैया समस्या सामाधान अध्ययन समितिका बरिष्ठ सदस्य गणेश बिश्वकर्माले राज्यको संरचनात्मक रुपान्तरण मार्फत मुलुकले संघीयता र समावेशी बिकास अवलम्बन गरिसकेको सन्दर्भमा अझैपनि दाशप्रथाको अबशेषहरु बाँकी रहनु दुखदायी भएकाे वताए ।

उनले यसलाई समुल रुपमा उन्मुलन गर्न राज्य नै मुख्य जिम्मेवार रहनुपर्ने कुरामा जोड दिए । साथै उनले हरवाचरवा सवाललाई समाजको साझा एजेण्डा बनाई त्यसको सामाधानका लागि राजनितिक दलहरुले पहल कदमी लिनुपर्ने औल्याए ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दर्शन मण्डलले हरवाचरवाको प्रमुख माग अनुचित क्रण खारेजी सहित मुक्तिको घोषणा र न्यायिक पुनस्थापन भएकोले त्यसलाई सरकारले समयमै सम्बोधन नगरे मधेस प्रदेशका ८ वटा जिल्लाबाट आन्दोलनको आधीबेरी श्रृजना गर्दै काठमाण्डौमा सिंहद्वार घेराउ हुने चेतावनी समेत दिए ।

जतन मण्डलको अध्यक्षतामा भएकाे भेलामा द फ्रिडम फण्डका कार्यक्रम ब्यवस्थापक केभीन ग्रोम, नेपाल कार्यक्रम सल्लाहकार जियाम श्रेष्ठ, कानुनी सल्लाहकार बालाराम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

जिल्ला हरवाचरवा एक्टिभीष्ट बिशेश्वर साफीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम सार्कीले कार्यक्रमको औचित्यत्ताबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत सञ्जय कुमार महराले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...