Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

स्थानीय तह निर्वाचनका लागि पर्सा काँग्रेसमा समितिहरु गठन

spot_img
spot_img

वीरगंज । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस पर्साले ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ र बिभिन्न उपसमितिहरु गठन गरेको छ । काँग्रेस पर्सा जिल्ला समितिको बैठकबाट स्थानीय तह निर्वाचन केन्द्रित समितिहरु गठन गर्ने क्रममा कारवाहीको अधिकारसहितको अनुशासन समिति पनि गठन भएको हो ।

काँग्रेसको पर्सा जिल्ला समितिका सभापित सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा बसेको बैठकले उनकै संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ गठन गरेको छ । यस समितिमा केन्द्रीय सदस्यहरु, साँसद तथा साँसदका उम्मेदवारहरु, पुर्व जिल्ला सभापतिहरु, जिल्ला समितिका पदाधिकारीहरु, केन्द्र तथा प्रदेशका महाधिवेशन प्रतिनिधि, क्षेत्री समितिका सभापतिहरु, प्रदेश सभा क्षेत्रका सभापतिहरु, महानगपलिका, नगरपालिका तथा गाउँपालिकाका सभापतिहरु र भातृ संगठन तथा शुभेच्छु संस्थाका अध्यक्षहरुसमेत रहेका छन् ।

त्यस्तै पार्टीका जिल्ला प्रवक्ता रमेश पाण्डेयको संयोजकत्वमा नेताहरु चन्द्रिका केशरवानी र प्रमचन्द्रप्रसाद कोइरी सदस्य रहनेगरी ३ सदस्यीय अनुसाशन उप समिति गठन गरिएको छ । निर्वाचनको समयमा पार्टी आबद्ध कोहीले नेपाली काँग्रस अनि पार्टीका उम्मेदवारलाई असर पर्ने गतिबिधि र अनुशासन बिपरितका आचरण कारवाही अधिकारसहित बिधान अनु्सार अनुसाशन उप समिति गठन भएको काँगेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।

बैठकले उपसभापति कुर्मीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचारप्रसार उप समिति, जिल्ला सचिव इम्तियाज आलमको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उप समिति र शशीलता गिरीको सयोजकत्वमा महिला परिचालन उपसमिति गठन गरेको जिल्ला सचिव दिनेश चौधरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...