Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

स्थानीय तह निर्वाचनका लागि पर्सा काँग्रेसमा समितिहरु गठन

spot_img
spot_img

वीरगंज । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस पर्साले ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ र बिभिन्न उपसमितिहरु गठन गरेको छ । काँग्रेस पर्सा जिल्ला समितिको बैठकबाट स्थानीय तह निर्वाचन केन्द्रित समितिहरु गठन गर्ने क्रममा कारवाहीको अधिकारसहितको अनुशासन समिति पनि गठन भएको हो ।

काँग्रेसको पर्सा जिल्ला समितिका सभापित सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा बसेको बैठकले उनकै संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ गठन गरेको छ । यस समितिमा केन्द्रीय सदस्यहरु, साँसद तथा साँसदका उम्मेदवारहरु, पुर्व जिल्ला सभापतिहरु, जिल्ला समितिका पदाधिकारीहरु, केन्द्र तथा प्रदेशका महाधिवेशन प्रतिनिधि, क्षेत्री समितिका सभापतिहरु, प्रदेश सभा क्षेत्रका सभापतिहरु, महानगपलिका, नगरपालिका तथा गाउँपालिकाका सभापतिहरु र भातृ संगठन तथा शुभेच्छु संस्थाका अध्यक्षहरुसमेत रहेका छन् ।

त्यस्तै पार्टीका जिल्ला प्रवक्ता रमेश पाण्डेयको संयोजकत्वमा नेताहरु चन्द्रिका केशरवानी र प्रमचन्द्रप्रसाद कोइरी सदस्य रहनेगरी ३ सदस्यीय अनुसाशन उप समिति गठन गरिएको छ । निर्वाचनको समयमा पार्टी आबद्ध कोहीले नेपाली काँग्रस अनि पार्टीका उम्मेदवारलाई असर पर्ने गतिबिधि र अनुशासन बिपरितका आचरण कारवाही अधिकारसहित बिधान अनु्सार अनुसाशन उप समिति गठन भएको काँगेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।

बैठकले उपसभापति कुर्मीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचारप्रसार उप समिति, जिल्ला सचिव इम्तियाज आलमको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उप समिति र शशीलता गिरीको सयोजकत्वमा महिला परिचालन उपसमिति गठन गरेको जिल्ला सचिव दिनेश चौधरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...