Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

चिकित्सक श्रीमती संघद्वारा छात्राहरुलाई महिनावारी सम्बन्धी प्रशिक्षण

spot_img
spot_img

परवानीपुर । पर्सा चिकित्सक श्रीमती संघको आयोजनामा साेमबार कन्या स्कुल वीरगंजमा अध्यनरत कक्षा ६ देखी कक्षा ८ सम्मका छात्राहरुलाई महिनावारी समबन्धी प्रशिक्षण कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रममा सहभागि छात्राहरुलाई स्त्री तथा प्रसुती रोग बिशेषगय डा. दिप्ती यादव र डाइगोलोजीस्ट बिशेषगय डा. निसा सिंहले प्रशिक्षण दिएकी थिइन । प्रशिणमा छात्राहरुलाई महिनावारी समबन्धी बिभिन्न बिषय बस्तुहरुमा प्रकाश पारिएकी थिइन ।

छात्राहरुलाई महिनावारी आउदा के के कुराहरुमा ध्यान दिने, महिनावारी आउदा कपडाकाे सट्टा सनेटरी प्याडको प्रयोग गर्ने, मनिावारी समबन्धी बिषयमा लाज नमानी खुलेर कुरा गर्ने आदी बिषयहरुमा प्रशिक्षण दिइएकाे डा. निभा सिंहले वताइन ।

महिनावारी एउटा महिलाहरुको लागी अति नै सम्बेदनशिल बिषय भएको हुनाले छात्राहरुलाई महिनावारी आएको बेला सरसफाईमा कसरी ध्यान दिनु पर्ने डा. दिप्ती यादवले वताइन । उनले याे समबन्धी कुनै समस्या आए चिकित्सको सल्लाह लिने, शरिर अनुसार महिनावारी कहिले काही ढिलो आउने हुनाले न आतिन पनि छात्राहरुलाई आग्रह गरिन ।

अन्य छात्राहरुलाई दुई सिफटमागरी प्रशिक्षण दिने र आउने दिनहरुमा ग्रामीण भेगका स्कुलहरुमा पनि यस्ता कार्यक्रमहरु लिएर जाने आफुहरुको योजना रहेको संस्थाकी सचिव निसा सिंहले जानकारी दिइन ।

संस्थाकी अध्यक्ष निता झाको अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाकी सदस्य पबित्रा गजुरेल, निभा दास, ज्योती गजुरेल, प्रिया सिंह, ज्योती ठाकुर, निभा मिश्रा, दिपाली यादव लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

वीरगञ्जको गणेशमानस्थित कन्या स्कुलमा भएकाे प्रशिक्षण कार्यक्रममा कन्या स्कुलका दुई सय जना छात्राहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...