Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

काेभिड १९ प्रतिकार्य परियोजनाकाे परिचयात्मक बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । काेभिड १९ प्रतिकार्य, पुर्व तयारी तथा जिसिपिएस व्यवस्थापन परियोजनाकाे परिचयात्मक तथा जानकारी बैठक सम्पन्न भएकाे छ । ईसिएचओ/आइओएमको आर्थिक सहयोग सेभ द चिल्ड्रेन र आसमान नेपालको आयोजना वीरगंज महानगरपालिकासंगको सहकार्य तथा समन्वयमा संचालित परियाेजनाकाे जानकारी बैठक सम्पन भएको हाे ।

बैठकमा आसमान नेपालका परियोजना संयोजक हरेराम ठाकुरले सिमानाका, हेल्थ डेस्क तथा आइसोलेसन सेन्टरको क्षमतामा सुधार तथा व्यवस्थित गरि सिमानाकामा सुरक्षित र नियमित आवत जावत गर्न वातावरण निर्माण गर्ने उदेश्यले संचालित परियोजनाको परिचय, उदेश्य, संचालन हुने कृयाकलापहरु र उपलब्धीको बारेमा प्रस्तुतीकरण गरेका थिए । 

नगरपालिकाकाे सभा हलमा भएकाे बैठकमा नगर उप प्रमुख शान्ति कार्की र प्रमुख प्रसाशकिय अधिकृत निश्चल राज पाण्डेले परियोजना सिमानाका व्वस्थापनको लागि उपयोगी रहेकोले परियोजनालाई सफल बनाउन हामी आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा स्वास्थय महाशाखा प्रमुख अरबिन्द लाल कर्णले परियोजना सिमानाका व्यवस्थापनका लागि प्रभावकारी रहेकोले यो परियोजनालाई सफल बनाउन हामी आ आफनो तर्फबाट सहयोग गर्ने वताए । साथै सिमानाकामा धुलोको कारण भइरहेको प्रदुशणलाई व्यवस्थित गर्न बैठक कै क्रममा सरसफाई प्रमुखलाई बोलाई सल्लह तथा सुझाव दिएका थिए ।

वीरगंज महानगरपालिकी उप मेयर शान्ति कार्कीकाे अध्यक्षतामा भएको उक्त बैठकमा स्वास्थ्य शाखा संयोजक रितेश जयसवाल, कोभिड १९ व्यवस्थापन फोकल पर्सन सुमन ठाकुर, वडा प्रमुख बिनिता देबी, हेल्थ डेक्स इन्चार्ज अनिशा महतो लगायतकाे उपस्थिती रहेकाे बैठकमा सिमानाका व्यवस्थापन सम्बन्धी बिषेश छलफल भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...