Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

सखुवा प्रसाैनीमा दलित समुदायकाे क्षमता विकास तालिम

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ र ४ मा दलित समुदायकाे ३ दिने क्षमता विकास तालिम सम्पन्न भएकाे छ ।सखुवा प्रसाैनी गाउँपालिकाकाे सहयाेग र परिर्वतन अभियान नेपालकाे आयाेजनामा तालिम सम्पन्न भएकाे हाे ।

दुईटै वडामा छुट्टा छुट्टै भएकाे तालिममा प्रशिक्षक चन्दन कुमार साह, विशेश्वर प्रसाद साह, जितेन्द्र यादव र दिनेश्वर प्रसाद साहले प्रशिक्षण दिएका थिए ।

आयाेजक संस्थाका अध्यक्ष मनाेज कुमार यादवककाे अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे तालिम समापन समाराेहमा वडाध्यक्षहरु निजामुदिन अन्सारी, रुपलाल कुमार यादव, सलिम मियाँ अन्सारी, विश्वनाथ पटवारी लगायतकाले मन्तव्य राखेका थिए ।

पछाडी पारिएका दलित समुदायका महिला तथा पुरुषहरुकाे नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे आयाेजक संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...