Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जसपा वीरगंज महानगरका उपाध्यक्ष रुषत्म कांग्रेस प्रबेश

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिका उपाध्यक्ष शेख रुषत्म नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मा शनिबार भएकाे पार्टी प्रबेश कार्यक्रम उपाध्यक्ष रुषत्मसहित एक सय जना भन्दा बढीले कांग्रेस प्रबेश गरेका हुन् ।  

रुषत्मकाे नेतृत्वमा दाउत अन्सारी, लखन अन्सारी, जहुर हवारी, फिराेज हवारी, अरमान शेख, नेयाज अन्सारी, नरुत्लाह हवारी, मिठु हवारी, साविर हवारी, मुना शेख, फिराेज अन्सारी, वडा नं. १३ की निर्वाचित महिला वडा सदस्य विगन देवी लगायतकाले कांग्रेस प्रबेश गरेकाे वीरगंज १३ का बुथ सभापति कविर अन्सारीले जानकारी दिए ।

नव प्रबेशी सबै जनालाई नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुंगाटा, जिल्ला उप सभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्रिय सभापति अरविन्द गुप्ता, नेता प्रकाश उपाध्याय, राजु गुप्ता, नेतृ निलिमा खातनु लगायतकाले फुल माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला सभापति क्षेत्रीले मधेशी दलले जनतालाई ठगेकाे आराेप लगाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति क्षेत्रीले मधेशी दलहरु सरकारमा गएपनि मधेश आन्दाेलनमा सहिद भएहरुलाई भुलेकाे वताए ।

उनले मधेश आन्दाेलनमा सहिद भएकाहरुलाई आफुहरु सरकारमा गए ५० लाख दिने मधेशी दलहरु वताए पनि सरकारमा गएपछि भैंसी बाडेर सहिदकाे अपमान गरेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...