Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जसपा वीरगंज महानगरका उपाध्यक्ष रुषत्म कांग्रेस प्रबेश

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिका उपाध्यक्ष शेख रुषत्म नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मा शनिबार भएकाे पार्टी प्रबेश कार्यक्रम उपाध्यक्ष रुषत्मसहित एक सय जना भन्दा बढीले कांग्रेस प्रबेश गरेका हुन् ।  

रुषत्मकाे नेतृत्वमा दाउत अन्सारी, लखन अन्सारी, जहुर हवारी, फिराेज हवारी, अरमान शेख, नेयाज अन्सारी, नरुत्लाह हवारी, मिठु हवारी, साविर हवारी, मुना शेख, फिराेज अन्सारी, वडा नं. १३ की निर्वाचित महिला वडा सदस्य विगन देवी लगायतकाले कांग्रेस प्रबेश गरेकाे वीरगंज १३ का बुथ सभापति कविर अन्सारीले जानकारी दिए ।

नव प्रबेशी सबै जनालाई नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुंगाटा, जिल्ला उप सभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्रिय सभापति अरविन्द गुप्ता, नेता प्रकाश उपाध्याय, राजु गुप्ता, नेतृ निलिमा खातनु लगायतकाले फुल माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला सभापति क्षेत्रीले मधेशी दलले जनतालाई ठगेकाे आराेप लगाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति क्षेत्रीले मधेशी दलहरु सरकारमा गएपनि मधेश आन्दाेलनमा सहिद भएहरुलाई भुलेकाे वताए ।

उनले मधेश आन्दाेलनमा सहिद भएकाहरुलाई आफुहरु सरकारमा गए ५० लाख दिने मधेशी दलहरु वताए पनि सरकारमा गएपछि भैंसी बाडेर सहिदकाे अपमान गरेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...