Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

कालिकामाई ५ बिरन्चीबर्वामा नेवि संघकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वामा नेपाली कांग्रेस निकट नेवि संघकाे भेला सम्पन्न भएकाे छ । बिरन्चीबर्वामा सम्पन्न भेलाले अक्षय कुमारकाे सभापतित्वमा २१ सदस्यीय एकाई समिति गठन गरेकाे नेवि संघ कालिकामाई गाउँपालिकाका सचिव आकाश चाैरसियाले वताए ।

एकाई समितिकाे उप सभापतिमा मनिलाल साह तेली, सचिवमा राजा कुमार, सह सचिवमा शुभाष चाैहान, काेषाध्यक्षमा श्रीराम कुमार, सदस्यमा शनि तिवारी, पवन कुमार, धर्मेन्द्र कुमार, रुपनारायण महताे, कृष्णा महताे, शत्रुधन महताे, जितेन्द्र महताे, सुरज राउत, रामबाबु साह तेली, अनिल माली, अनरजित यादव, रामविश्वास राउत, प्रकाश साह तेली लगायतका चयन भएकाे उनले जानकारी दिए । 

नेवि संघ कालिकामाई गाउँपालिकाका सभापति राजेश कुशवाहकाे सभापतित्व र नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाकाे सभापति छठु साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामप्रसाद चाैहान, वडाध्यक्षका उम्मेदवार माधाे चाैहान लगायतकाले मन्तव्य राख्दै नेपाली कांग्रेसलाई जिताउन नेवि संघले भुमिका खेल्नु पर्नेमा जाेड दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...