Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

परवानीपुरमा लाेसपा परित्याग गरी एक दर्जन युवा काङ्ग्रेस प्रवेश

spot_img
spot_img
वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका एक दर्जन युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । बाराको परवानीपुर गाउँपालिका ३  मा आयोजित एक कार्यक्रममा लोसपाका स्थानिय प्रभावशाली युवा नेता दिपक यादवको नेतृत्वमा युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।
 
लोसपा परित्याग गरेर काङ्ग्रेस प्रवेश गर्नेमा प्रकाश यादव, नजमुल्लाह मिया, लोकेश यादव, ओमप्रकाश यादव रहेका छन । यस्तै नेकपा एमाले स्थानीय कार्यकर्ता हरिबेलाश यादव, अर्जुन यादव र सरोज यादव सहितकाले काङ्ग्रेस प्रवेश गरेका हुन् ।
 
युवा नेता दिपक यादव लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनार निकट थिए । तर सोनार मधेस सरकारको मन्त्री बनेपछि आफ्नो भाइ भतिजालाई मात्र अगाडि बढाएपछी यादव असन्तुष्ट बनेका थिए ।
 
कांग्रेस स्राेतका अनुसार दिपक यादव काङ्ग्रेसबाट बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा लडने पक्का पक्की भएको छ । अब उनी काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएर घरदैलोमा सहभागी हुनेछन । नव प्रवेशीहरूलाई नेपाली काङ्ग्रेसका नेता विजय गुप्ता, रामबहादुर यादव, पुन्यदेव यादव, रामदेव यादव लगायतकाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...