Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

परवानीपुरमा लाेसपा परित्याग गरी एक दर्जन युवा काङ्ग्रेस प्रवेश

spot_img
spot_img
वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका एक दर्जन युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । बाराको परवानीपुर गाउँपालिका ३  मा आयोजित एक कार्यक्रममा लोसपाका स्थानिय प्रभावशाली युवा नेता दिपक यादवको नेतृत्वमा युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।
 
लोसपा परित्याग गरेर काङ्ग्रेस प्रवेश गर्नेमा प्रकाश यादव, नजमुल्लाह मिया, लोकेश यादव, ओमप्रकाश यादव रहेका छन । यस्तै नेकपा एमाले स्थानीय कार्यकर्ता हरिबेलाश यादव, अर्जुन यादव र सरोज यादव सहितकाले काङ्ग्रेस प्रवेश गरेका हुन् ।
 
युवा नेता दिपक यादव लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनार निकट थिए । तर सोनार मधेस सरकारको मन्त्री बनेपछि आफ्नो भाइ भतिजालाई मात्र अगाडि बढाएपछी यादव असन्तुष्ट बनेका थिए ।
 
कांग्रेस स्राेतका अनुसार दिपक यादव काङ्ग्रेसबाट बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा लडने पक्का पक्की भएको छ । अब उनी काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएर घरदैलोमा सहभागी हुनेछन । नव प्रवेशीहरूलाई नेपाली काङ्ग्रेसका नेता विजय गुप्ता, रामबहादुर यादव, पुन्यदेव यादव, रामदेव यादव लगायतकाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...