Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

विराटनगरमा जारी मेयर कपमा वीरगंजको टिममा जिल्ला बाहिरको खेलाडी सहभागी

spot_img
spot_img

वीरगंज । विराटनगर महानगरपालिकामा जारी प्रथम टि-२० मेयर कप २०७८ मा वीरगंज महानगरपालिकाको टिमले जिल्ला बाहिरको खेलाडीलाई सहभागी गराएको पाएको छ । गत सातादेखि विराटनगरपालिकामा जारी टि-२० मेयरकपमा पर्सा बाहिरका ४ जना खेलाडी सहभागी भएको पाएको हो ।

बिराटनगर महानगरपालिकाको आयोजनामा जारी टि-२० कपमा वीरगंज महानगरपालिकाको तर्फबाट कोच उमेश उपाध्याय र म्यानेजर कन्हैया कायश्थले बाहिरका खेलाडी सहभागी गराएको स्रोतले जनाएको छ ।

पर्सा क्रीकेट संघका पुर्व उपाध्यक्ष कायस्थ र राष्ट्रिय खेलकुद परिसदका पुर्व सदस्य उपाध्यायले जिल्ला बाहिरका खेलाडी सहभागी गराएर जिल्लाबासी संग धोका गरेका आरोप छ ।

जिल्लामा विभिन्न तहका नाम चलेका खेलाडी हुदाँ हुदै जिल्ला बाहिरका खेलाडी लग्नु दुखद भएको खेलाडीहरुकाे भनाई छ ।

प्राप्त जानकारी अनुसार पर्साका खेलाडी हासिम अन्सारी, अफताब आलम, चन्दन राम, मनथन यादव, रोहन, इमरान शेख, अरबाज अन्सारी मात्र रहेका छन । बाँकी खेलाडी सुनसरी, बाराका रहेका छन । टि-२० मेयरकपमा ६ वटा टिमले भाग लिएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...