Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस मधेश प्रदेशकाे कार्य सम्पादन र संसदिय समिति गठन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठक सम्पन्न भएको छ । प्रदेश कार्य समितिका सभापति कृष्ण प्रसाद यादवको सभापतित्वमा सोमबार बसेको बैठकले कार्य सम्पादन समिति र प्रदेश संसदिय समिति गठन गरेको छ ।

बैठकमा सभापति यादवकाे निर्देशन अनुसार महमन्त्री बृहस्पति कृष्ण श्रेष्ठले प्रदेश कोषाध्यक्षमा प्रस्तावित निर्वाचित प्रदेश सदस्य प्रदिप कुमार यादवलाई मधेश प्रदेशको कोषाध्यक्षमा अनुमोदन गरेको छ ।

प्रदेश कार्य सम्पादन समितिमा पार्टी प्रदेश कार्यसमितिका सभापति यादव, उपसभापतिद्वय विरेन्द्र प्रसाद सिंह, चन्द्रशेखकर कुमार यादव, महामन्त्रीद्वय उपेन्द्र कुमार यादव, बृहस्पति कृष्ण श्रेष्ठ, सहमहामन्त्री जयनारायण प्रसाद यादव, परसुराम चौधरी, बिन्दु कुमारी यादव र कोषाध्यक्ष प्रदीप कुमार यादव पदेन सदस्यको रुपमा रहेका छन् ।

त्यसैगरि प्रदेश सभापति यादवद्वारा प्रस्तावित नाम लोकनारायण यादव, किरण कुमारी शर्मा, उपेन्द्र जयसवाल, सिता मैनाली, सुर्यबहादुर थापा, अन्जु झा, धर्मलाल यादव, शर्लिमा थापा, सुनिल ठाकुर, नरेन्द्र यादव, राजकिसोर यादव, भावना मिघिरे पाण्डव कुमार मण्डल, शितल प्रसाद यादव, राजश्री यादव, जसोदा कुमारी, ममता महतो र बिमला देवी साहलाई कार्य सम्पादन समितिको सदस्यमा  बैठकले अनुमोदन गरेकाे प्रदेश महामन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रदेश संसदीय समितिको सभापतिमा प्रदेश सभापति यादव, महामन्त्रीमा प्रदेश महामन्त्रीद्वय यादव, श्रेष्ठ रहने र उपसभापतिद्वय सिंह यादव, कोषाध्यक्ष यादव, सहमहामन्त्री जयनारायण यादव, परसुराम चौधरी, बिन्दु कुमारी यादव र प्रदेश संसदीय दलको नेता रामसरोज यादव पदेन सदस्यको रुपमा रहेका छन् ।  

प्रदेश संसदीय समितिको सदस्यमा सभापति यादवद्वारा बैठकमा प्रस्तावित नितेन्द्र साह, रामबाबु साह, बासुलाल महतो, बिन्दा कार्की, सुरेश यादव र नागेन्द्र साहलाई बैठकले अनुमोदन गरेको प्रदेश महामन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रदेश सभापति यादवले प्रदेश प्रशिक्षण विभाग प्रमुखमा प्रदेश उपसभापतिद्वय चन्द्रशेखर कुमार यादव र उपसभापति बिरेन्द्र प्रसाद सिंहलाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिएको श्रेष्ठले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...