Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा प्रहरीकाे ज्यादती : एक युवकलाई कुटपिट गर्दै खुट्टामा ताताे पानी खन्याएर याताना

spot_img
spot_img

वीरगंज । प्रहरीले एक युवककाे खुट्टामा ताताे पानी खन्याएर कुटपिट गरेकाे घटना सार्वजनिक भएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साकाे थुनुवा कक्ष मै प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ९ निवासी विजय श्रेष्ठलाई निर्घात कुटपिट गर्नुकाे साथै उनकाे खुट्टामा ताताे पानी खन्याइदिएकाे हाे । प्रहरीले खन्याएकाे ताताे पानीले श्रेष्ठकाे खुट्टामा घाउ भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चमा कार्यरत फिराेज भनिने प्रहरी र प्रहरी बिट घण्टाघरमा कार्यरत एक प्रहरीले शनिबार राति वीरगंजकाे घण्टाघरबाट कुटपिट गर्दै उनलाई निरयन्त्रणमा लिएकाे थियाे । सिमराबाट फुटबल मैच देखेर आएका उनी वीरगंजकाे घण्टाघरस्थित पान पसलकाे अगाडी उभेका थिए । त्यहींबाट उनलाई सिभिल ड्रेसमा रहेका प्रहरीले नियन्त्रणमा लिदै सुरुमा घण्टाघरकाे प्रहरी विटमा राखेकाे थियाे ।

प्रहरीले त्यसकाे केही बेर मै नारायणी अस्पतालमा लगेर उनकाे मेडिकल गराई जिल्ला प्रहरी कार्यालयकाे थुनुवा कक्षमा लगेर राखेकाे थियाे । रक्सी खाएकाे आराेपमा थुनुवामा पुगेका श्रेष्ठकाे पकेटमा गुटका फेला परेपछि गिरी भनिने बद्रीमा रहेका प्रहरीले थुनुवा कक्ष मै कुटपिट गर्नुकाे साथै उनकाे खुट्टामा ताताे पानी खन्याएका थिए ।

राती १० बजे उनलाई नियन्त्रणमा लिएकाे प्रहरीले विहान ३ बजे सम्म कुटपिट गर्दै शारिरिक तथा मानसिक यताना दिदै बाहिर कंही कतै भने विभिन्न झूठाे मुद्दामा फसाइदिने धाक धम्मकी समेत दिएकाे थियाे । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी खाजाकाे हाेटल रहेकाे उनकाे घरमा गाँजा वा चरेश राखेर फसाइदिने प्रहरीकाे धम्की कारण उनी बाहिर भन्न डराइरहेका थिए ।

शनिबार राति प्रहरीले नियन्त्रणमा लिएकाे उनलाई आइतबार विहान वीरगंज महानगरपालिकाकाे वडा नं. ९ काे वडाध्यक्षकाे राेहबरमा छाेडेकाे थियाे । कुनै व्यक्तिलाई पक्राउ गर्दा वा छाेडने बेलामा ति व्यक्तिकाे मेडिकल गराएर छाेडनु पर्ने नियम भएपनि पक्राउ गर्ने बेलामा उनकाे मेडिकल गराइए पनि छाडने बेलामा गराइएन ।

छाेडने बेलामा वडाध्यक्षले पक्राउ परेका श्रेष्ठकाे खुट्टामा ठुला ठुला फाेका देखेपछि याे कसरी भएकाे हाे भने प्रशन गर्दा पनि उनी प्रहरीकाे डर धम्कीले भनेन । शनिबारकाे घटना आइतबार दिउसाे कालिका टाईम्सलाई जानकारी पाउँदा पनि उनी प्रहरी कै धाक धम्कीका कारण मिडियामा आउन चाहेका थिएनन् । पछि मंगलबार बिहान पत्रकारहरुकाे एक समुह श्रेष्ठकाे घर मै पुगेपछि घटना सार्वजनिक भएकाे हाे । 

यस बिषयमा बुझन जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालसंग फाेनमा सम्पर्क गर्न खाेज्दा माेबाइल अफ भएका कारण सम्पर्न हुन सकेन । त्यसपछि प्रहरी उपरिक्षक रमेश बस्नेतसंग पनि फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...