Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

समाजिक सेवा संगै सहकारी प्रबिधि मैत्री हुनुपर्छ : अध्यक्ष साह

spot_img
spot_img

वीरगंज । “मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” नाराको साथमा ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको आयोजना एवं जिल्ला कृषि सहकारी संघ लि. पर्साको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले डिजिटलाइजेसन सम्बन्धी महत्वपूर्ण ज्ञान सम्प्रेषण भएको र अब सहकारीले यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले सामाजिक सेवा संगै सेवा प्रवाहलाई चुस्त बनाएँदै सदस्यलाई सन्तुष्ट बनाउन डिजिटलाइजेसनको विकल्प नभएको बताए ।

सहकारीलाई डिजिटलाइजेसनमा रुपान्तरण गर्ने लक्ष्य रहेका बताउँदै सहकारीलाई हातेमालो गर्न साहले आग्रह गरे । डिजिटल सहभागीले सहकारीमा सुशासनमा बृद्धि गर्छ भन्ने सदस्यको सहभागिता बृद्धि गर्न, प्रजातान्त्रीय नियन्त्रण प्रणालीलाई मजबुद बनाउन, प्रभावकारी संचार अवलम्बन गर्न डिजिटलाइजेसन अपरिहार्य भएको बताए ।

‘प्रविधिलाई अवसरका रुपमा लिएनौं र झन्झटका रुपमा लियौं भने सहकारी पछि पर्ने छ, उनले भने वि.स. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समितिको स्थापना भई नेपालको सहकारी अभियानको शुरूवात भएको ऐतिहासिक दिनको स्मरण गर्दै सदा र्झै यस वर्ष पनि ६५ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सचीव बम बहादुर पन्डितको अध्यक्षता एवं जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष शिव कुमार साहको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वडा सदस्य धर्मराज साह, सखुवा प्रसौनी गाउँपालिकाका कृषि शाखा प्रमुख दायाराम वागले, मुम्ताज अन्सारी, शिव साह लगायतको सहकारी कर्मिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन उदित साह कानुले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...