Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

समाजिक सेवा संगै सहकारी प्रबिधि मैत्री हुनुपर्छ : अध्यक्ष साह

spot_img
spot_img

वीरगंज । “मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” नाराको साथमा ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको आयोजना एवं जिल्ला कृषि सहकारी संघ लि. पर्साको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले डिजिटलाइजेसन सम्बन्धी महत्वपूर्ण ज्ञान सम्प्रेषण भएको र अब सहकारीले यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले सामाजिक सेवा संगै सेवा प्रवाहलाई चुस्त बनाएँदै सदस्यलाई सन्तुष्ट बनाउन डिजिटलाइजेसनको विकल्प नभएको बताए ।

सहकारीलाई डिजिटलाइजेसनमा रुपान्तरण गर्ने लक्ष्य रहेका बताउँदै सहकारीलाई हातेमालो गर्न साहले आग्रह गरे । डिजिटल सहभागीले सहकारीमा सुशासनमा बृद्धि गर्छ भन्ने सदस्यको सहभागिता बृद्धि गर्न, प्रजातान्त्रीय नियन्त्रण प्रणालीलाई मजबुद बनाउन, प्रभावकारी संचार अवलम्बन गर्न डिजिटलाइजेसन अपरिहार्य भएको बताए ।

‘प्रविधिलाई अवसरका रुपमा लिएनौं र झन्झटका रुपमा लियौं भने सहकारी पछि पर्ने छ, उनले भने वि.स. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समितिको स्थापना भई नेपालको सहकारी अभियानको शुरूवात भएको ऐतिहासिक दिनको स्मरण गर्दै सदा र्झै यस वर्ष पनि ६५ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सचीव बम बहादुर पन्डितको अध्यक्षता एवं जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष शिव कुमार साहको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वडा सदस्य धर्मराज साह, सखुवा प्रसौनी गाउँपालिकाका कृषि शाखा प्रमुख दायाराम वागले, मुम्ताज अन्सारी, शिव साह लगायतको सहकारी कर्मिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन उदित साह कानुले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...

दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बहस फेरि सुरु

वीरगञ्ज । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। सरकारले गत भदौ १ गते...