Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

जगरनाथपुरकी उपाध्यक्ष खातुन माओवादी केन्द्र प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बिस्मिलाह खातुन नेकपा माओवादी केन्द्रमा प्रबेश गरेकी छन् । तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट निर्वाचत खातनु आइतबार माओवादी केन्द्र प्रबेश गरेकी हुन् ।

उपाध्यक्ष खातुनसंग उनकाे श्रीमान जनता समाजवादी पार्टीका पूर्व जिल्ला सह सचिव महमद सरिफ गद्दी, वडा सदस्य राजकिशाेर साह, सगिर मियाँ, कासिम मियाँ गद्दी, प्रभु राम, मुखलाल राउत गद्दी, अनारुल राउत गद्दी, सहिम मियाँ अन्सारी, हिरामन गद्दी, अशाबुन नेशा, झलनी शेख लगायतकाले पनि माओवादी केन्द्र प्रबेश गरेकाे माओवादी केन्द्र पर्सा प्रदेश सभा क्षेत्र नं. ४ (ख) का अध्यक्ष संताेष पटेलले वताए । 

नव प्रदेशी सबै जनालाई बद्रीबासस्थित दिपक पार्टी प्यालेसमा आयाेजिक एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले गमछा ओढाएर र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सह इन्चार्ज बिश्वनाथ साह, अध्यक्ष प्रह्लाद बूढाथोकी, केन्द्रिय सदस्य वहीद अन्सारी, मधेस प्रदेश सभा सदस्य पश्मीना कादरी अंसारी, पर्सा जिल्ला इन्चार्ज विजय महताे, पर्सा क्षेत्र नं. २ का इन्चार्ज अमिताब बचन दास लगायतको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...