Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

सहकारी दिवसकाे अवसरमा २२ महिलासहित १०१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । काे-अपरेटिभ म्यानेजर्स क्लब पर्साकाे आयाेजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ६५ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा २२ महिलासहित १०१ जनाले रक्तदान गरेकाे आयाेजक क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चाैरसियाले जानकारी दिए ।

वीरगंजस्थित माइस्थान पार्कमा भएकाे कार्यक्रममा राजिव कुमार झा, अजय प्रजापति, श्याम सुन्दर ठाकुर, रविकान्त कुमार चाैरसिया, उपेन्द्र यादव, शनी साह, रामविनय यादव, राजु पंडित, बब्लु प्रसाद यादव, सुनिल कुमार साेनार, स्नेहा साह, कृष्ण प्रसाद श्रेष्ठ, सुनिल साह, सुरज साह, उमाशंकर सिंह राजपुत, विवेक कुमार कुर्मी, राज पासवान, रन्जित बर्णवाल, संजय कुमार यादव, अमित चाैधरी, शिवनाथ साह तेली, सावित्री राई, सृजना चाैधरी, आशा झा, साेनम श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, शान्ता श्रेष्ठ, शाेभा कुमारी कुशवाहा, किरण वाईवा लामा, दिपिका श्रेष्ठ, यातुका कार्की, बन्दना थापा लगायतकाले रक्तादान गरेका हुन् ।

काे-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष चाैरसियाकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकाे सहभागिता रहेकाे थियाे ।

रक्तदान कार्यक्रम कान्तिकपुर बचत तथा ऋण सहकारी संस्था, श्रीनिधि बचत तथा ऋण सहकारी संस्था, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्था, सुविधा बचत तथा ऋण सहकारी संस्था, सुर्या बचत तथा ऋण सहकारी संस्था, सनराइज नेपाल बचत तथा ऋण सहकारी संस्था, जनसंरक्षण बचत तथा ऋण सहकारी संस्था र नेपाल सहकरी वित्तिय संस्था लिमिटेडकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...