Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

क्युआर काेर्ड स्केन गरी ग्यास खरिद गर्दा रु ५० क्यास ब्याक

spot_img
spot_img

वीरगंज । ग्लाेबल आइएमई बैंककाे माेबाइल बैंकिंङ्ग एप मार्फत ग्यास खरिद गर्दा ग्राहकले क्यास ब्याक पाउने भएका छन् । ग्लाेबल आईएमई बैंकले शनिबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरी माेबाइल बैंकिंङ्ग एप मार्फत क्युआर काेर्ड स्केन गरी ग्यास खरिद गर्दा रु ५० क्यास ब्याक पाउने जनाएकाे हाे ।

वीरगंजकाे आदर्शनगरस्थित जैन धर्मशालामा आयाेजित कार्यक्रममा वाेल्दै ग्लाेबल आइएमई बैंक वीरगंज शाखाका प्रबन्धक विवेक टिर्बेवालले बैंक र ग्यास बिक्रेता महासंघ नेपाल बिच भएकाे सम्मझाैता अनुसार क्यास ब्याककाे सुबिधा दिन लागिएकाे वताए ।

उनका अनुसार एक महिनामा एउटा ग्यासकाे खरिदमा मात्र ग्राहकले याे सुविधा पाउने छन् । याे सुविधाकाे लागि ग्लाेबल आइएमई बैंककाे कुनै शाखामा खातामा खाेली माेबाइल बैंकिंङ्ग सेवा प्रयाेग गर्नु पर्ने छ । 

यस्तै, एक महिनामा ३० वटा ग्यासकाे बिक्री गरे वा ४५ हजारकाे बराबरकाे काराेबार गर्ने ग्यास बिक्रेताले पनि एक हजार क्यास ब्याक पाउने छन् । याे याेजना देशभर नै लागु भएकाे उनले जानकारी दिए ।

बैंकका प्रबन्धक टिर्बेवालकाे अध्यक्षामा भएकाे कार्यक्रममा ग्यास बिक्रेता संघ पर्साकाे अध्यक्ष बिरेन्द्र साह, प्रदेश उपाध्यक्ष राजेन्द्र पासवान, केन्द्रिय सदस्य सुनेश पटेल भरत सिलवाल, पूर्व केन्द्रिय सदस्य राजु साह, जिल्लाका महासचिव रामनाथ साह, काेषाध्यक्ष लक्ष्मण साह, बैंककी जुनियर अफिसर एवम् याेजनाकाे फाेकल पर्सन अमृता कण्ठ लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन बैंकका कर्जा अधिकृत राकेश यादवले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...