Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

हिन्दु नवबर्षकाे अवसरमा वीरगंजमा पथ संचालन

spot_img
spot_img

वीरगंज l हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नवबर्ष ५१२४ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध सर संघचालक परमपुजनीय डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती शनिबार वीरगंजमा धुमधामका साथ मनाइएको छ ।

वीरगंजकाे आर्दशनगरस्थित पुरानो बर्षपार्कमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथसंचालन (मार्चपास) निकालेर हिन्दु नवबर्ष एवं संघका संस्थापक परमपुजनीय डा. हेडगेवारको जन्मजयन्ती धुमधामको साथ मनाईएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै मुख्यवक्ता राष्ट्रिय स्वयंसेवक संंघका विभाग संघचालक राजकिशोर सिंहले संघका आध सरसंघचालक डा. हेडगेवारले हिन्दुलाई संगठित बनाउँन पु¥याउँनु भएको योगदानको बारेमा चर्चा गर्दै, आजको परिस्थितीमा धर्म संस्कृति प्रति मोह भंग भएका कारण हिन्दुसमाज पतनको कागारमा पुगेको बताए ।

हामीले आफनो धर्म संस्कृति र सभ्यतालाई विर्सने काम कसैले पनि गर्नुहुदैन, उनले भने, ‘जुन व्यक्तिले आफनो धर्म संस्कृति र सभ्यतालाई विर्सने काम गर्छ निश्चित रुपमा एक दिन उसको पंतन हुन्छ ।’ नेपाल अनादीकाल देखि हिन्दु राष्ट्र थियो । राजनितिक व्यवस्था परिर्वतन संगै केहि राजनितिक दलका नेताहरु विदेशीबाट प्रभावित भएर नेपालमा धर्म निरपेक्षता लाद्ने काम गरेको उनको आरोप छ ।

हाम्रै समुदायका व्यक्तिहरुले आफनो धर्म संस्कृति, सभ्यतालाई विर्सेर केहि बर्गलाई खुसी पारेर समाजलाई सवल बनाउँन खोजेका छन, तर त्यस्तो कहिले पनि हुन सक्दैन । उनले भने, हामी ‘ वसुदेव कुटुम्भ’ को कुरा गर्र्छौ । कुनै एक वर्गको कुरा गर्दैनौ, सर्वे भवन्तु सर्वे सुखिन, सवै सुखि हुन र विश्वको कल्याण होस् भन्ने हिन्दुधर्मले चाहेको छ, तर हिन्दु संगठित नहुँदा यसको अरुले फाईदा उठाएका छन, उनले भने ।

संघको स्थापना भएको सौं बर्ष पुरा हुने वाला छ, हिन्दु संगठित भएर संघको कार्यलाई गति प्रदान गर्नुपर्छ होईन भने, दोश्रो वर्गका राष्ट्र विरोधी तत्वहरुले संघमाथि गलत धारणा उत्पन्न गराउँदै आएको छ, डा. हेडगेवारको सपना सकार पार्न आफनो दायित्व पालना गरेर हिन्दुलाई संगठित बनाउँनु पर्छ ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले हिन्दु संस्कृति र राष्ट्र जोगाउँन सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । हिन्दु संस्कृति र संस्कार धैरै पुरानो छ, उनले भने,‘ हिन्दु संस्कृति जोगाउन ठूलो प्रयास गर्नुपर्छ ।’ संघले जुन प्रकारको अनुशासन सिकाउँछ त्यो अनुशासनबाट हिन्दु संस्कृति जोगाउँन सकिन्छ ।

संघका जिल्ला संघचालक ललन द्धिवेदीले डा. हेडगेवारले राष्ट्रिय स्वयंसेवक संघका लागि पु¥याउँनु भएको योगदान बारे चर्चा गरेका थिए । उनले भने, ‘हिजो सम्म आफनो परिचय दिन हिचकिचाहट महशुस हुन्थयो तर आज गर्वले भन्छौ हामी हिन्दु हौं ।’

हामी समक्ष, सबल छौ, हामी विश्व विजेता हौ, हामी विश्वलाई नै सबै कुरा दिएका छौ, हाम्रो स्वाभिमान, हाम्रो संस्कृति र हाम्रो परम्परा सबैभन्दा अगल र सम्बृद्ध छ । हामीले कहिले एकलाई मानेका छैनौ, हामी सबैको सम्मान गर्छा, सम्पूर्ण मानव जातिको सम्बृद्धिको कामना गर्छौ, यो नै हाम्रो सनातन हिन्दुधर्मको पहिचान हो, यो पहिचानलाई कायम राख्न थप बल पु¥याउँने डा. हेडगेवारले गर्दै आएको चर्चा समेत उनले गरे ।

मंचको कार्यक्रम पश्चात संघका स्वयंसेवकले वीरगंजमा पथसंचालन (मार्चपास) समेत निकालिएकाे थियाे । पुर्ण गणवेष, हातमा दण्ड, बाजागाजाका साथ पुरानो बर्षपार्कको प्राङ्गगणबाट स्वयंसेवक द्धारा निकालिएको पथसंचालन घडिअर्वा चोक, माईस्थान, घण्टाघर हुदैं पुन माईस्थान चोक, आर्दशनगर, अलखियामठ, गणेशमान चोक, विर्ता चोक, अलखियामठ हुदै बसपार्कमा पुगेर पथसंचालन समापन गरिएको थियो ।

चोक चोकमा स्थानिय उत्साहित भएर स्वंयसेवकहरुलाई पुष्पबर्षा गरेर पथसंचालनलाई भव्य रुपमा स्वागत गरेका थिए । संघका जिल्ला संघ चालक ललन द्धिवेद्धीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, संघ नगर संघचालक राम लखन जी, जनकपुर सम्भाग कार्यवाह रन्जित साह, संघका जिल्ला कार्यवाह कृष्ण चौरसिया, महानगर कार्यवाह सरोज जी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...