Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

धाेबिनीकाे विभिन्न वडामा माओवादी केन्द्रकाे वडा भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे वडा नं. १ र २ मा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनलाई ध्यानमा राखेर माओवादी केन्द्र पनि धाेबिनीमा आफ्नाे गतिविधि बढाएकाे छ ।

वडा नं. १ मा भएकाे भेलाले धनई रामकाे अध्यक्षतामा र वडा नं. २ मा भएकाे भेलाले रामप्रसाद कुर्मीको अध्यक्षता ३३ सदस्यीय वडा कमिटी गठन गरेकाे माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. ४ (ख) का अध्यक्ष संताेष पटेलले जानकारी दिए ।

“गाउँ नगर घर घर जाउँ माओवादी केन्द्रलाई विजयी गराऔं” नाराकाे साथ आयाेजित वडा भेलामा वाेल्दै अध्यक्ष पटेलले माओवादी केन्द्रकै नेतृत्वमा देशमा व्यवस्था परिवर्तन भएको दावी गर्दै अब अवस्था परिवर्तनका लागि पनि माओवादीको विकल्प नरहेको बताए ।

उनले गाउँपालिकामा बढेकाे भ्रष्टाचार तर्फ गाउँबासीकाे ध्यान पुग्न नसकेकाे वताउँदै त्यस तर्फ पनि ध्यान पुग्नन जरुरी रहेकाे वताए । उनले भने “गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह आउनै छाडेका छन्, जनताकाे काम हुन सकिरहेकाे छैन्, त्यस तर्फ जनप्रतिनिधिकाे ध्यान पुग्न नसकेका कारण गाउँवासीकाे ध्यान पुग्न जरुरी छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...