Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

परवानीपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा राैनियार

spot_img
spot_img

परवानीपुर । बाराकाे परवानीपुर गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा मुन्ना रौनियार हाजिर भएका छन् । थप जिम्मेवारीमा रहेका सुनिल चाैरसियालाई हटाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परवानीपुर गाउँपालिकामा राैनियारलाई पठाएपछि बिहिबार उनी हाजिर भएका हुन् ।

यस अघि उनी बिन्दबासिनी गाऊँपालिकाकाे निमित प्रमुख प्रसाशकिय अधिकृत भएर काम गरिसकेका छन् । शाखा अधिकृतमा नाम निकालेपछि मन्त्रालयले उनकाे पदस्थापन गर्दै पहिलाे पटक परवानीपुरमा पठाएकाे हाे ।

यस अघि राैनियार पुन: बिन्दवासिनी गाउँपालिकामा आउन लागेकाे चर्चा चलेपनि अन्त: उनी बाराकाे परवानीपुर पुगेका हुन् । 

परवानीपुर गाउँ कार्यपालिकाको कार्यालय लीपनीमालमा बिहिबार हाजिर हुन पुगेका राैनियारलाई गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साहसहितकाे जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए । गाउँपालिका अध्यक्ष साह, उपाध्यक्ष सावित्री देवी, लेखा अधिकृत मुकेश प्रजापतिसहितका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत रौनियारलाई गम्छा, फूल माला र अबिरको टीका लगाएर स्वागत गरेका थिए ।

साे अवसरमा प्रमुख प्रशासकिय अधिकृत चाैरसियाकाे बिदाई समेत गरिएकाे थियाे । कार्यक्रममा सहभागि अध्यक्ष साहसहितका जनप्रतिनिधि र कर्मचारीहरुले अधिकृत चाैरसियालाई पनि गमछा, फुल माला र अबिरकाे टिका लगाएर बिदाई गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...