Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

राष्ट्रिय भूमि आयोग पर्साको अध्यक्षमा अहमद नियुक्त

spot_img
spot_img

वीरगंज ।  राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त भएका छन् । नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाद्वारा हस्ताक्षरीत नियुक्ति पत्रमार्फत अहमदलाई अध्यक्षमा नियुक्ति गरिएको हो । 

बिहिवार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अहमदलाई अध्यक्षमा नियुक्त गरिएको सचिव थपलियाद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा उल्लेख छ । 

भूमि सम्बन्धी समस्या समाधानका लागि अध्यक्ष अहमद नेतृत्वको समितिले काम गर्ने छ । अध्यक्षमा न्युक्त भएसँगै बिहिवार नै अहमदले सपत ग्रहणसमेत गरेका छन् । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले सपत ग्रहण गराएका हुन् । 

अध्यक्षमा न्युक्त अहमद जनता समाजवादी पार्टी नेपाल पर्साका सचिव हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...