Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस पर्साकाे प्रवक्तामा पाण्डे र काेषाध्यक्षमा थापा चयन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिकाे बैठक मंगलबार सम्पन्न सम्पन्न भएकाे छ । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीकाे सभापतित्वमा बसेकाे बैठकले  प्रेमबहादुर थापालाई कोषाध्यक्ष र रमेश पाण्डेलाई प्रवक्तामा चयन गरेको छ।

यसैगरी बैठकले बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनकाे लागि उम्मेदवारकाे सिफारिस माग गरेकाे छ । बैठककाे निर्णय अनुसार जिल्ला भरीका सबै पालिकाले चैत २० गते सम्म उम्मेदवारकाे नाम सिफारिस गर्नु पर्ने छ ।

वडाध्यक्षकाे उम्मेदवार वडा समितिले सिफारिस गरेर पालिका समितिमा पठाउनु पर्ने छ भने पालिका प्रमुख र उप प्रमुखकाे उम्मेदवार पालिका समितिले सिफारिस गरि जिल्ला समितिलाई पठाउनु पर्ने छ । त्यसपछि अन्तिम उम्मेदवारकाे टुंगाे जिल्ला समितिले लगाउने छ ।

पार्टी कांर्यालय वीरगंजमा बैठकमा जिल्ला उप सभापति रामनारायण कुर्मी, अशाेक गुप्ता, सचिव दिनेश चाैधरी, सह सचिव नविन सिंह लगायतका विभिन्न पालिकाका अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...