Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरग‌ज । नेपाल निजामती कर्मचारी यूनियन पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ । कर्मचारी यूनियनले देशभर जस्तै पर्साबाट पनि यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

कर्मचारी यूनियन पर्साका अध्यक्ष विजय कुमार गुप्ताद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागी संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने छाता कानूनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुदाँ मुलुकको सार्वजनिक प्रशासन अन्योल र स्थिरताको भुमरीमा परेकाे उल्लेख गरिएकाे छ ।

सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय हो । यस विषयमा नेपाल निजामती कर्मचरी यूनियन ले नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउदैँ आएको कर्मचारी यूनियनले जनाएकाे छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत बुझाइएकाे ज्ञापन पत्रमा समग्र कर्मचारीको साझा हित र निजामतीमा प्रशासनको मार्गदर्शनको रुपा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपूण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसंग सघन छलफलको आवश्यकता रहेको पनि उल्लेख गरिएकाे छ ।

सो कार्यलाई मनन गर्दै नेपाल सरकारले सरोकारवाला पक्षहरुको सहमतिमा निजामती प्रशासनलाई संघीय शासन अनुरुपको ढाचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिक मैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्ने र सो ऐनले नेपालको प्रशासन विकासमा कोशो ढुंगाको स्पमा भूमिका खेल्नेछ भन्ने विश्वास समेत व्यक्त गरिएकाे छ ।

सरकारद्वारा सार्वजनिक प्रशासनका विश्वव्यापी आधारभूत मूल्य मान्यता एवं कानुनका सर्वमान्य सिद्धान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियनबाट विभिन्न मिति तथा समयमा पेश भएका यसै साथ संलग्न सुझावहरु समेतलाई समेटी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न प्रमुख जिल्ला अधिकारी मार्फत कर्मचारी यूनियन नेपाल सरकार समक्ष जोडदार माग गरेकाे छ ।

ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सामा कर्मचारी यूनियनका केन्द्रिय उपाध्यक्ष अशाेक राैनियार लगायतका दर्जनाैं कर्मचारीहरु पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...