Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

श्री बौद्धिमाई पिपरा युवा क्लबकाे प्रथम बार्षिकाेत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । श्री बौद्धिमाई पिपरा युवा क्लबकाे प्रथम बार्षिकाेत्सव आइतबार सम्पन्न भएको छ । वार्षिकाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रमकाे उदघाटन पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवले गरेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै सांसद यादवले समाज परिवर्तनकाे लागि क्लबकाे भूमिका महत्वपूर्ण भएकाे वताए । उनले समाजमा भएकाे कुरुतीलाई हटाउन र सभ्य समाज बनाउन क्लबले भुमिका खेल्नु पर्ने वताए ।

कार्यक्रममा एलएस न्युराे अस्पतालका संचालक डा. श्याम बाबु प्रसाद कुर्मी, जसपाका नेता राजेशमान सिंह, प्रेम बाबु पटेल, मुकेश द्विवेदी, वडाध्यक्ष भारत प्रसाद कुर्मी, युवा समाज पिपराका अध्यक्ष अनिल पटेल लगयातले शुभकामना मन्तव्य राखेका थिए । 

क्लबका अध्यक्ष संदीप पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँका अगुवा समाजसेवी, बुद्धिजीवी लगयात ३० जनालाई गमछा, प्रमाण पत्र र मायाको चिनो दिएर सम्मान समेत गरिएकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...