Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजबाट जनकपुरको लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा चारको मृत्यु, दर्जनौ घाईते

spot_img
spot_img

वीरगंज । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा यात्रुबाहक बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ भने, ३१ जना यात्रु घाईते भएका छन ।

वीरगंजबा आइतबार बिहान जनकपुरको लागि छुटेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी १७ लाफुलजोर फुलबाट ९ मिटर तल बस खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी चार जनाको उपचारको क्रममा मुत्यु भएको छ । मृत्यु हुनेमा भारत बेतिया बेलसन्धि कोडार पिपरा पंचाय बस्ने २४ बर्षका सुनिल यादव, सिन्धुलि तिनपट्टा गा.पा. २ बस्ने अर्जिन श्रेष्ठको श्रीमती ३० बर्षिय शर्मिला कार्की श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका १ जना पुरुष र १ जना महिलाको भन्ने अहिले सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । मृतक चारै जनाको शव प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरी निरिक्षक निर्मल थापाले जनाए ।

दुर्घटनामा ३१ जना यात्रुहरु घाईते भएका छन । घाईतेहरुलाई उद्दार गरी उपचारको लागि लालबन्दी स्थित विभिन्न अस्पतालमा पठाईएको प्रहरी निरिक्षक थापाले बताए ।

करिब साढे ११ बजे बस दुर्घटनाको खबर पाउँन साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक थापा र ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरिक्षक जनकराज ढुंङगानाको नेतृत्वमा रहेको ४२ जनाको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी स्थानिय अस्पतालमा उपचारको लागि पु¥याएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...