Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

ठोरी विकासको निम्ति खुल्ला बहस गर्न महामन्त्री श्रेष्ठको चुनौती

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विसालचोक टोलमा नेपाली कांग्रेसको ५१ सदस्य टोल समिति गठन भएको छ । नवगठित टोल समितिको सभापतिमा अमन लामा, सचिबमा देवकी श्रेष्ठ, कोषाध्यक्षमा कुमार योन्जन लगायतका रहेका छन ।

टोल समिति गठन कार्यक्रममा नेपाली कांग्रेसका मधेश प्रदेशका महामंत्री बृहस्पतिकृष्ण श्रेष्ठले ठोरी गाउँपालिका परिवर्तन गर्न जनताले दिएको जिम्मेवारी बामपन्थी दलहरुले बहन गर्न नसकेको बताए ।

उनले अव, त्यो जिम्मेवारी कांग्रेसले लिने र समृद्ध ठोरीको सपना साकार गर्ने दावी गर्दै अहिले चुनावी मैदानमा रहेका एमाले र माओवादीका उम्मेदवाहरु संग ठोरीको समग्र विकासको वारेमा आफू खुल्ला बहस गर्न तयार भएका चुनौती दिए । त्यसको लागि उनले मिडियालाई त्यो वातावरण मिलाई दिन अनुरोध समेत गरे ।

समग्र ठोरीको बिकासको रोड्म्याप कांग्रेस संग मात्र भएको हुदा वामपन्थीको ललीपपमा अव, नझुकिन ठोरी गापाका जनताहरुलाई अनुरोध गरे ।

वडा समितिका सभापति मिलन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधी राम बहादुर श्रेष्ठ, प्रकास खनाल, क्षेत्र नम्वर ४ (क) सभापति जिवन सापकोटा, ठोरी गापा सभापति सन्तोष श्रेष्ठ, जिल्ला सदस्य माईकल श्रेष्ठ,क्षेत्रीय ४ (क) सचिव गोपीलाला श्रेष्ठ, सदस्य कुल बहादुर श्रेष्ठ, गापा सचिव भत्त बहादुर श्रेष्ठ, सदस्य सनम श्रेष्ठ तथा अन्य स्थानीय गाउँवासीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...