Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

ठोरी विकासको निम्ति खुल्ला बहस गर्न महामन्त्री श्रेष्ठको चुनौती

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विसालचोक टोलमा नेपाली कांग्रेसको ५१ सदस्य टोल समिति गठन भएको छ । नवगठित टोल समितिको सभापतिमा अमन लामा, सचिबमा देवकी श्रेष्ठ, कोषाध्यक्षमा कुमार योन्जन लगायतका रहेका छन ।

टोल समिति गठन कार्यक्रममा नेपाली कांग्रेसका मधेश प्रदेशका महामंत्री बृहस्पतिकृष्ण श्रेष्ठले ठोरी गाउँपालिका परिवर्तन गर्न जनताले दिएको जिम्मेवारी बामपन्थी दलहरुले बहन गर्न नसकेको बताए ।

उनले अव, त्यो जिम्मेवारी कांग्रेसले लिने र समृद्ध ठोरीको सपना साकार गर्ने दावी गर्दै अहिले चुनावी मैदानमा रहेका एमाले र माओवादीका उम्मेदवाहरु संग ठोरीको समग्र विकासको वारेमा आफू खुल्ला बहस गर्न तयार भएका चुनौती दिए । त्यसको लागि उनले मिडियालाई त्यो वातावरण मिलाई दिन अनुरोध समेत गरे ।

समग्र ठोरीको बिकासको रोड्म्याप कांग्रेस संग मात्र भएको हुदा वामपन्थीको ललीपपमा अव, नझुकिन ठोरी गापाका जनताहरुलाई अनुरोध गरे ।

वडा समितिका सभापति मिलन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधी राम बहादुर श्रेष्ठ, प्रकास खनाल, क्षेत्र नम्वर ४ (क) सभापति जिवन सापकोटा, ठोरी गापा सभापति सन्तोष श्रेष्ठ, जिल्ला सदस्य माईकल श्रेष्ठ,क्षेत्रीय ४ (क) सचिव गोपीलाला श्रेष्ठ, सदस्य कुल बहादुर श्रेष्ठ, गापा सचिव भत्त बहादुर श्रेष्ठ, सदस्य सनम श्रेष्ठ तथा अन्य स्थानीय गाउँवासीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...