Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

बहुअरीको नेराआविकाे अवस्था दिनप्रतिदिन जीर्ण हुँदै

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा रहेको नेपाल राष्ट्रीय आधारभुत विधालयको अवस्था दिनप्रतिदिन जीण हुँदै गएको छ । विद्यालयकाे भौतीक संरचना ब्यवस्थित नहुँदा विद्यार्थीहरुलाई पठन पाठनमा समस्या हुने गरेकाे छ ।

करिब एक वर्ष अगाडी वडाध्यक्ष रामेश्वर कलवारले विद्यालयकाे पुरानो भवनलाई भत्काउन लगाई नयाँ भवन निर्माण गर्न बजेट निकासा गराएका थिए । कसैलाई जानकारी नदिई एकलौटी ढङगले भवन निर्माणकाे उपभोक्ता समिती बनाई काम शुरु गर्न खोज्दा स्थानीयले अवरोध गरेपछी भवन निमार्णको काम स्थगीत हुन पुगेको थियो ।

सार्बजनिक काममा टोलमा सार्वजाीक सुचना निकाली सबैलाई समेटेर काम अगाडी बढाउन स्थानीहरुले आग्रह गरे पनि वडाध्यक्षकाे लापरवाहीले विद्यालयकाे अवस्था खराब हुँदा बिधार्थीहरुको भविष्य नै अन्धकारमा परेको स्थानीहरुको भनाई छ ।

टोलमा कुरा नमिल्दा नेपाली कांग्रेसका युवा नेता सुनील पटेलको नेतृत्वमा यूवाहरुको टोली गाउँपालीका प्रमुख हरिनारायण साहलाई लिखीत रुपमा जानकारी गराएका थिए । पछी गाउँपालीबाट समस्या समाधान हुने आसवासन आएपनि पालीका स्तरबाट छलफल नहुँदा समस्या समाधान हुन नसकेको पटेलले बताए ।

नेता पटेलले आफुहरु बिकासको बिरोधी नरहेको तर जनभावना अनुसार काम हुनुपर्ने आफुहरुको माग रहेको बताए । पछी टोलमा दुई पटक बैठक बसेपनी कुनै निस्कर्स निस्किन सकेको छैन । बिद्यालयका प्रधानाध्यापक धुरेन्द्र प्रसादको अनुसार आफुले वडा अध्यक्ष लगायत गाउँपालीका प्रमुखलाई पनि लिखित निबेदन दिदा पनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको र कक्षा कोठाको अभाव हुँदा विद्यार्थीहरुलाई पठन पाठनमा निकै समस्या हुने गरेको दुखेसो पोखे ।

उनका अनुसार राष्ट्रपति विद्यालय योजनामा यो बिधालयमा पनि दुईकोठे भवन पर्न सफल भएको तर जनप्रतिनिधी लापरवाहीका कारणले यो पनि फ्रिज हुने अवस्थामा  पुगेकाे छ । खासगरी बिपन्न वर्गका बच्चाहरु यस बिधालयमा पढने हुनाले त्यस्ता बिधार्थीहरुको लागी झन समस्या भएकाे प्र.अ. धुरेन्द्रले बताए ।

यस बिषयमा गाउँपालीका प्रमुख हरिनारायण साहलाई सर्मपक गर्दा यसमा वडाध्यक्षको बिशेष भुमीका रहेको र गाउँपालीका स्तरबाट पनि समस्या समाधानको पहल भईरहेको बताए । यसरी जनप्रतिनिधीहरुले एक अर्कालाई दोसारोपन गरी रहँदा अहिले पनि विद्यालयकाे समस्या समाधान नहुने निश्चित देखिन्छ ।

अहिले स्थानीय निकायको निर्वाचन नजीकीदै गर्दा जनप्रतिनिधीको ध्यान बिकास भन्दा पनि मतदाता रिझाउनमा केन्द्रीत भएको देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...