Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

अख्तियारकाे आयाेजनामा भ्रष्टचार नियन्त्रण सम्बन्धि अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोयको कार्यालय हेटौडाकाे आयाेजनामा वीरगंजस्थित नगर सभा गृहमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै आयाेगका प्रमुख आयुक्त डा. हरि पौडेलले आर्थिक वर्ष २०७७/७८ मा २२ हजार ६ सय २५ उजुरी परेकोमा १४ हजार मुद्दाहरुलाई किनारा लगाइएको बताए । डा. पौडेलका अनुसार पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामध्ये पर्सा भ्रष्टाचारका हिसावले चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा पर्साबाट ९ सय २९ वटा उजुरी परेका छन् । तिमध्ये ५ सय १८ वटा फर्छ्यौट भएको आयोगका प्रमुख आयुक्त डा. हरि पौडेलले जानकारी दिए ।  

जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले पर्सा जिल्लाका केही व्यक्तिहरुले नियामक निकायलाई नै फकाउँदै भ्रष्टाचार गरीरहेको बताए । उनीहरुको पहिचान गरेर कानुनको दायरामा ल्याउनुपर्ने सभापति अन्सारीको भनाई छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पर्सामा भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवर्धन गर्न सरोकारवालाले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुले भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा सवाल राख्नुका साथै भ्रष्टाचार नियन्त्रण गर्नु चुनौतिको विषय भएको बताएका थिए । सानोदेखि ठूलो र तलदेखि माथिसम्मै भ्रष्टाचार व्याप्त रहेको स्विकार गर्दै वक्ताहरुले नियामक निकायले तदारुकता देखाउनुपर्ने आवश्यक्ता औँल्याए । 

 कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत लगायतकाकाे सहभागीता रहेकाे थियाे ।

अन्तरक्रीया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप–सचीव वेदप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारलाई राजस्व चुहावट सम्बन्धी ६० बुँदे सुझा दिइएको थियो । 

पछिल्लो समय सबै तहमा भ्रष्टचार बढेको गुनासो र उजुरीको तथ्य सार्वजनिक गर्दै भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्धन गर्न जिल्ला स्तरिय अन्तरक्रिया गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोयको कार्यालय हेटौडाले जनाएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...