Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

सभापति यादवकाे पहलमा श्री नेरामावि मसिहानीमा लगाइएकाे ताला खुल्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री ने.रा.मा.वि. मसिहानीमा विद्यार्थीहरु लगाएकाे ताला मंगलबार खुलेकाे छ ।

बिषयगत शिक्षक र नियमित पठनपाठकाे माग गर्दै विद्यार्थीहरुले लगाएकाे ताला नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवकाे पहलमा खुलेकाे हाे । विद्यार्थीहरुकाे समस्या समाधान गरी ताला खुलाउन गाउँपालिका अध्यक्ष जालिम मियाँले कुनै पहल नगरेपछि सभापति यादवकाे पहलमा विद्यार्थीहरुले ताला खाेलेकाे वताइएकाे छ ।

सभापति यादवले कक्षाका १० का विद्यार्थीहरुलाई एक महिना निशुल्क काेचिङ कक्षा संचालन गर्न प्रतिवद्धता जनाएपछि एक सत्तादेखि लगाएकाे ताला विद्यार्थीहरुले खाेलेका थिए ।

यस अघि बिहिबार आन्दाेलित विद्यार्थीहरु गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा ताेडफाेड समेत गरेका थिए । साे क्रममा केही विद्यार्थीहरु घाइते समेत भएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...