Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

धाेबिनीकाे सानाे गुलरियामा कांग्रेसकाे टाेल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ३ सानो गुलरियामा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । गुलरियामा भएकाे कांग्रेसकाे एक भेलाले जगदीश प्रसाद कुर्मीको सभापतित्वमा ३१ सदस्यीय टोल कार्य समिति गठन गरेकाे हाे ।

नवगठित समितिका उप सभापतिमा नकछेद राम, सचिवमा विजय प्रसाद, सह सचिव उपेन्द्र पटेल, काेषाध्यक्ष मनान आलम, सदस्यमा शम्भु राम, भुलन राम, रामबृक्ष राम, लखन लाल पटेल, लालबाबु प्रसाद, विश्वनाथ राम, मदन राम, लगन राम, लालबहादुर पटेल, नगिया देवी, सागर पटेल, मदन प्रसाद लगायतका चयन भएकाे कांग्रेसका क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि श्याम किशोर प्रसाद कुर्मी, क्षेत्रीय सचीव बलिष्टर अहमद, प्रदेश क्षेत्रिय उपसभापति रैसुलाजम मियाँ, प्रदेश क्षेत्रिय सचीव इमरान आलम, गाउँपालिका सभापति कमल ठाकुर लोहार, सचीव मनोज मियाँ, वडा सभापति बासुदेव तिवारी लगायतको विशेष उपस्थितीमा टोल कार्य समिति गठन भएको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...