Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

कम्युनिष्ट हुन लागेका नेता सिंह फेरी मधेशवादी मै फर्किए

spot_img
spot_img

वीरगंज । नेकपा एमाले प्रबेश गर्ने घाेषणा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंह साेमबार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । वीरगंजस्थित नगर सभा गृहमा आयाेजित पार्टी प्रबेश कार्यक्रम मार्फत जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेता सिंहलाई पार्टी प्रबेश गराएका छन् ।

नेता सिंहसंगै लाेसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, आषुताेष चतुर्वेदी, रामानन्द पटेल, मदन गुप्ता, मदन यादव, माओवादी केन्द्रबाट वीरगंज महानगरपालिका वडा नं. ५ का सुशिल क्षेत्री लगायतकाले जसपा प्रबेश गरेका हुन् ।

यसअघि माघ २८ गते नेता सिंहले पत्रकार सम्मेलन मार्फत एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर, सिंह प्रवेश गर्नुअगावै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जसपा त्याग गरी एमाले प्रवेश गरेपछि सिंह असन्तुष्ट देखिएका थिए । 

कांग्रेस प्रवेश गर्न प्रयास असफल भएपछि मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको घरमा आयोजना भएको एक वैवाहिक कार्यक्रममा सहभागी हुन आउँदा मेयर सरावगीलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

एमाले प्रबेशकाे तयारीमा रहेका नेता सिंह अगावै मेयर सरावगी एमाले प्रबेश गरेपछि वीरगंजकाे राजनितिक चक्र एकासि फेरिएका थिए । मधेशवाद त्याग गरेर एमाले प्रबेश गर्न लागेकाे सिंहकाे आलाेचना नसेलाउँदै एमालेमा मधेशवादी दलबाट मेयरमा निर्वाचित भएका सरावगी एमाले प्रबेश गरेपछि उनकाे चक्राे आलाेचना सुरु भएकाे थियाे । एमालेले वीरगंज महानगरको नगरप्रमुखमा उम्मेदवार बनाउने आश्वासन पाएर नेता सिंहले एमाले प्रवेश गर्ने घोषणा गरेको चर्चा समेत चलेको थियो । 

तर नेता सिंह अघि मेयर सरावगी एमाले प्रबेश गरेपछि सिंहलाई जसपा प्रबेश गराउन प्रयास सुरु भएकाे थियाे । पर्सा क्षेत्र नं. १  प्रतिनिधि सभा सदस्य एवम् जसपाका नेता प्रदिप यादवकाे पहलमा त्याे प्रयास साेमबार आएर सफल भएकाे हाे ।

जसपाले नेता सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने आश्वासन दिएर पार्टी प्रबेश गराएकाे चर्चा छ । चर्चा अनुसार अब नेता सिंह जसपाबाट वीरगंज महानगरकाे मेयरमा चुनाव लड्ने छन् भने उप मेयरमा सांसद प्रदिप यादवकी श्रीमती पिंकी यादवले चुनाव लड्ने छिन् ।

गत स्थानिय तहकाे निर्वाचनमा सिंह तत्कालिन राष्ट्रिय जनता पार्टीबाट वीरगंजकाे मेयरमा चुनाव लडेका थिए । तेस्रो स्थान ल्याएका  सिंहले १२ हजार १६५ मत प्राप्त गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...