Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गाउँपालिकामा विद्यार्थीहरुद्वारा ताेडफाेड

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका कार्यालयमा बुधबार विद्यार्थीहरुले ताेडफाेड गरेका छन् । श्री ने.रा.मा.वि. मसियानीका आन्दाेलनरत विद्यार्थीहरुले गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा ताेडफाेड गरेका हुन् ।

आक्राेशित विद्यार्थीहरुले गरेकाे ढुंगामुडाले गाउँ कार्यापालिका कार्यालयकाे डिजिटल बाेर्ड, झ्यालकाे सिसा र गमलाहरु फुटेका छन् । 

विषयगत शिक्षककाे माग गर्दै आन्दाेलित विद्यार्थीहरु बुधाबार गाउँ कार्यपालिकाकाे कार्यालय पुगेका थिए । गाउँ कार्यपालिका कार्यालय अगाडी शिक्षककाे माग गर्दै प्रदर्शन गर्ने क्रममा गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रहरी लगाएर कुटपिट समेत गराएकाे विद्यार्थीहरुले आराेप लगाएका छन् । विद्यालयमा लामाे समयदेखि शिक्षक अभाव रहेकाे र अनियमित तरिकाले पढाई हुँदै आएकाे आन्दाेलित विद्यार्थीहरुकाे भनाई छ ।

प्रदर्शनकाे क्रममा अर्जुन गुप्ता, महेश तेली, आलम मियाँ, राज पटेल लगायतका विद्यार्थीहरु घाइते समेत भएकाे वताइएकाे छ । 

प्रदर्शनमा उत्रेका एक दर्जन विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे थियाे । प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीहरुलाई छुटाउन इलाका प्रहरी कार्यालय पाेखरिया पुगेका नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादव र गाउँपालिका अध्यक्ष जालिम मियाँ बिच विवाद समेत भएकाे थियाे ।

सुरुमा इलाका प्रहरी कार्यालयमा कांग्रेसका क्षेत्रिय सभापति यादव पुगेका थिए । पछि गाउँपालिका अध्यक्ष मियाँ पुगेपछि दुबै जना बिच भनभन सुरु भएकाे थियाे । भनाभन कै क्रममा हात हलाहालकाे अवस्था समेत पुगेकाे थियाे ।

यता गाउँ कार्यपालिका कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै केही विद्यार्थीहरुकाे समुहले मंगलबार श्री नेरा मावि मसियानी र बुधबार विहान ११:३० बजे तिर वडा नं. ५ काे कार्यालय, दिउसाे १२ बजे तिर श्री बाल बिकासकाे मधुवाहा तथा गाउँ कार्यापालिका कार्यालयकाे सार्वजनिक सम्पति ताेडफाेड गरेकाे जनाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, शिक्षा प्रमुख नरेश महताे, याेजना प्रमुख दिपेन्द्र दास, प्राविधिक प्रमुख ई. सदाम हुसैन, सामाजिक विकास प्रमुख मजमुल्ला अहमद, प्रशासन प्रमुख अशाेक सिंह, जिन्सी प्रमुख उत्तम क्षेत्रीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक सम्पतीकाे ताेडफाेड गर्ने गराउने जाे काेहीलाई कानुन बमाेजिम निष्पक्ष छानविन गरी दाेषीलाई कारवाही गर्न माग गरेका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...