Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कालिकामाईकाे विभिन्न वडामा कांग्रेसकाे टाेल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ काे टिनडाेबिया र रबिदासमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । अगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनलाई लक्षित गरि टाेल समिति गठन गर्न सुरु गरिएकाे गाउँ समितिका सचिव रामानन्द ठाकुरले जानकारी दिए ।

टिनडाेबियामा शेषनाथ राउत कुर्मीकाे सभापतित्वमा २३ सदस्यीय टाेल समिति गठन भएकाे हाे । जुन समितिकाे उप सभापतिमा करीमन पटेल शिव प्रसाद कुर्मी, सचिवमा अनिरुद पटेल, दुर्याेदन साह कानु, सचिवमा फिराेज आलम र लालबाबु राउत कुर्मी रहेका छन् ।

यस्तै, रविदासमा ललन राउत गद्दीकाे सभापतित्वमा २३ सदस्यीय टाेल समिति गठन भएकाे छ । जुन समितिकाे उप सभापतिमा भरत राउत अहिर, संदेश प्रसाद यादव, सचिवमा अजय प्रसाद यादव, हेवन्चल प्रसाद यादव, सह सचिवमा दिनानाथ पाल, बह्रमदेव पासवान लगायतका रहेका छन् ।

गाउँपालिका सभापति छठु साह, उप सभापति रजाक राउत गद्दी, सचिव नाजिर हुसेन, सह सचिव जयबालक साह कानु, हिरा पटेल, महाधिवेशन प्रतिनिधि रामप्रसाद चाैहान, वडा नं. १ का सभापति नेजामुदिन मियाँ लगायतकाे विशेष उपस्थितीमा समिति गठन भएकाे हाे ।

यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ बलुवामा पनि नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । उमाशंकर मुखियाकाे सभापतित्वामा २५ सदस्यीय वडा समिति गठन भएकाे कांग्रेसका स्थानिय नेता संजय साहले जानकारी दिए ।

नव गठित टाेल समितिकाे उप सभापतिमा भिखारी महताे, देवनाथ चाैरसिया, सचिवमा कृष्णा चाैरसिया, अनुठालाल मुखिया, सह सचिवमा मुनि महताे, प्रशुराम मुखिया लगायतका रहेका छन् ।

वडा सभापति सिकेन्द्र देवानकाे सभापतित्व र गाउँपालिका सभापति छठु साहकाे प्रमुख आतिथ्यतामा टाेल समिति गठन भएकाे वडा समितिका सचिव अमरदेव चाैरसियाले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...