Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कालिकामाईकाे विभिन्न वडामा कांग्रेसकाे टाेल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ काे टिनडाेबिया र रबिदासमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । अगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनलाई लक्षित गरि टाेल समिति गठन गर्न सुरु गरिएकाे गाउँ समितिका सचिव रामानन्द ठाकुरले जानकारी दिए ।

टिनडाेबियामा शेषनाथ राउत कुर्मीकाे सभापतित्वमा २३ सदस्यीय टाेल समिति गठन भएकाे हाे । जुन समितिकाे उप सभापतिमा करीमन पटेल शिव प्रसाद कुर्मी, सचिवमा अनिरुद पटेल, दुर्याेदन साह कानु, सचिवमा फिराेज आलम र लालबाबु राउत कुर्मी रहेका छन् ।

यस्तै, रविदासमा ललन राउत गद्दीकाे सभापतित्वमा २३ सदस्यीय टाेल समिति गठन भएकाे छ । जुन समितिकाे उप सभापतिमा भरत राउत अहिर, संदेश प्रसाद यादव, सचिवमा अजय प्रसाद यादव, हेवन्चल प्रसाद यादव, सह सचिवमा दिनानाथ पाल, बह्रमदेव पासवान लगायतका रहेका छन् ।

गाउँपालिका सभापति छठु साह, उप सभापति रजाक राउत गद्दी, सचिव नाजिर हुसेन, सह सचिव जयबालक साह कानु, हिरा पटेल, महाधिवेशन प्रतिनिधि रामप्रसाद चाैहान, वडा नं. १ का सभापति नेजामुदिन मियाँ लगायतकाे विशेष उपस्थितीमा समिति गठन भएकाे हाे ।

यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ बलुवामा पनि नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । उमाशंकर मुखियाकाे सभापतित्वामा २५ सदस्यीय वडा समिति गठन भएकाे कांग्रेसका स्थानिय नेता संजय साहले जानकारी दिए ।

नव गठित टाेल समितिकाे उप सभापतिमा भिखारी महताे, देवनाथ चाैरसिया, सचिवमा कृष्णा चाैरसिया, अनुठालाल मुखिया, सह सचिवमा मुनि महताे, प्रशुराम मुखिया लगायतका रहेका छन् ।

वडा सभापति सिकेन्द्र देवानकाे सभापतित्व र गाउँपालिका सभापति छठु साहकाे प्रमुख आतिथ्यतामा टाेल समिति गठन भएकाे वडा समितिका सचिव अमरदेव चाैरसियाले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...