Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

प्रगतिशील जनस्वास्थ्य महासंघकाे नव निर्वाचित कार्यसमितिको सपथग्रहण

spot_img
spot_img
वीरगंज । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंज महानगरको अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सपथग्रहण आईतवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
 
पर्सा जिल्लाको ग्रामिण क्षेत्र ठोरी गाउँपालिकामा एक भव्य समारोहका बीच अध्यक्षमा पुनः निर्वाचित करन पटेल लगायत पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराईएको छ । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नागमनी पटेलले सपथ ग्रहण गराएका थिए ।
 
सो अवसरमा विशिष्ट अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष छठु चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठ, महासंघका केन्द्रिय सचिव एवं मधेश प्रदेश सह–संयोजक तथा अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय उपाध्यक्ष सुभाष चन्द्र गुप्ता, केन्द्रिय सदस्य अली अखबर हुसैन लगायत बारा, पर्साका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
 
महासंघको अधिवेशन गत मंसिर १७ गते वीरगंजको देव पार्टी प्यालेसमा सम्पन्न भएको नवनिर्वाचित महानगर अध्यक्ष पटेलले बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...