Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कांग्रेसमा अन्तर्घात गर्नेलाई पार्टीले कारवाही गर्ने

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका संयाेजक रमेश रिजालले आर्थिक क्रान्तिका लागि अगामी निर्वाचनमा नेपाली कांग्रस जित्न जरुरी रहेकाे वताएका छन् ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीमा साेमबार आयाेजना गरेकाे हाेली मिलन समाराेहलाई सम्बाेधन गर्दै नेता रिजालले नेपाली का‌ंग्रेस सत्तामा नपुगे सम्म आर्थिक क्रान्ति पुरा नहुने वताए । उनले त्यसकाे लागि नेपाली कांग्रेस जित्न जरुरी रहेकाे वताए ।

आर्थिक क्रान्ति सफल नभए सम्म देशकाे गरिबी हटन नसक्ने नेता रिजालकाे भनाई छ । 

यसका साथै समाजिक क्रान्ति पनि जरुरी रहेकाे वताउँदै नेता रिजालले समाजमा भएकाे कुरुती नहटे सम्म समाजिक क्रान्ति पुरा नहुने वताए । उनले भने “जब सम्म मुलुकमा विभेद रहन्छ तब सम्म देशले बिकास गर्न सक्दैन । त्यसैले समाजमा भएकाे विभेद हटनु पर्छ ।”  

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले समाजमा चेतनाकाे स्तर उठन पनि जरुरी रहेकाे वताए । उनले समाज परिवर्तनकाे सम्वाहक बन्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रमका विशिष्ट अतिथी केन्द्रिय सदस्य अजय कुमार चाैरसियाले केपी ओलीकाे सरकारले प्रेसकाे अधिकार, मानव अधिकार छिन्न खाेजेकाे वताए । उनले भने “ओली नेतृत्वकाे दुई तिहाईकाे सरकार लाेकतन्त्रलाई कमजाेर बनाउन खाेजेकाे थियाे । भ्रष्टाचार सिमा पार गरेकाे थियाे । मल खाद खरिददेखी प्लेन खरिद सम्म भ्रष्टाचार भएकाे थियाे ।”

त्यसपछि मात्र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकाे नेतृत्वमा सरकार बन्नेकाे वताए ।

उनले अगामी निर्वाचनमा कांग्रेसकाे आधिकारिक उम्मेदवारलाई जिताउन आजदेखि लाग्नु पर्ने वताए । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा वडादेखी गाउँपालिका, नगरपालिका र महानगरपालिका सम्म कांग्रेसलाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई आजैदेखि लाग्न आग्रह समेत गरे ।

पछिलाे चुनावमा कांग्रेसकाे कारण कांग्रेस हारेकाे बताउँदै अब अगामी चुनावमा कांग्रेससंग अन्तर्घात गर्नेलाई तत्काल कारवाही गर्ने र पार्टीबाट निकालिने वताए । 

पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले दुई तिहाईको नजिकको बुहमत प्राप्त नेकपाको सरकारले स्थिरता दिन नसक्नुले नेपाली कांग्रेसको विकल्प नरहेको प्रमाणित भएको बताए। कम्युनिष्ट सरकारमा चरम भ्रष्टाचार हुनुकाे साथै महंगी बढेकाे उनले आरोप लगाए।

पेट्रोलियम इन्धन रसिया युक्रेन युद्धका कारण अन्तराष्ट्रिय स्तरमैं महँगिएकोले यसमा वर्तमान सरकारको दोष नरेको भन्दै सरकारको बचाउ पनि गरे ।

नेपाली कांग्रेस पर्साका नवनिर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीले आगामी सबै तहको चुनावमा पार्टीले जसलाई टिकट दिए त्यसलाई जिताउन सबै नेता कार्यकर्ताको साझा र व्यक्तिगत जिम्मेवारी हुने बताए ।

उनले भने “पार्टी प्रतिकाे अन्तर्घात सहन हुँदैन् । पार्टीमा बसेर पार्टीसंग अन्तर्घात गर्न पाइदैन् । बरु पार्टीमा नबस्दा हुन्छ तर पार्टीमा बसेर अन्तर्घात गर्नेलाई पार्टीले तुरुन्त कारवाही गर्छ ।”

क्षेत्रीय सभापति श्रीकान्त यादवको सभापतित्वमा भएको कार्यक्रममा मधेश प्रदेशका खानेपानी तथा उर्जामन्त्री ओमप्रकश शर्मा, प्रदेश सभा सदस्य शंकर चौधरी, मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, राकेश सिंह, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव ईम्तियाज आलम, दिनेश चौधरी, पुर्व जिल्ला सचिव श्याम पटेल, जिल्ला सह सचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए ।

हजाराैंकाे संख्यामा सहभागित रहेकाे कार्यक्रममा भाेजपुरी गायक छाेटु राजा र कांग्रेसका नेता राकेश यादव सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...