Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

बाल रोग डाक्टर रौनियार निशुल्क बहिरंग सेवा संचालन गर्दै

spot_img
spot_img

वीरगंज । पर्सामा नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर आनन्द रौनियारले निशुल्क बहिरंग सेवा सुरु गरेका छन् ।

शनिबार ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था परवानीपुरमा भएकाे गुरु सम्मान तथा होली मिलन कार्यक्रममा डाक्टर रौनियाले निशुल्क बहिरंग सेवा संचालन गर्ने घोषणा गरेसँगै फागुन २९ गते आइतबार देखी सेवा सुरु गरेका हुन् ।

हिमालयन हेल्पीङ्ग हैण्डस समुहको कोषध्यक्ष समेत रहेका डा.रौनियारले वीरगञ्जस्थित नारायणी बयाेद्या हस्पिटलको सिटी किल्नीक वीरगञ्ज लिन्क रोडमा निशुल्क बहिरंग सेवा सुरु गरेकाे जनाएका छन् ।

समाजमा रहेका गरीब तथा विपन्न वर्गका शिशु तथा बालबालिकाहरुलाई नि:शुल्क बहिरंग सेवा दिने तथा सुपथ मुल्यमा औषधी समेत उपलब्ध गराइने उनले बताए ।

हाल पर्सा र बारा जिल्लामा बच्चाहरुको उपचारमा देखिएको अवश्यकता भन्दा बढी औषधि लेखने बढेको देखिएको छ । गरीब तथा विपन्न परिवारलाई सहज हुनका लागी नि:शुल्क बहिरंग सेवा दिने डा. रौनियारको पहिलो प्रयास रहेको छ ।

डा. रौनियार वीरगञ्जस्थित नारायणी ब्योधया हस्पिटलको सिटी किल्नीक वीरगञ्ज लिन्क रोडमा दिउसो १२ बजेदेखी साझको ४ बजे सम्म निशुल्क बहिरंग सेवा संचालमा रहने बताए । उनले भने “निशुल्क बहिरंग सेवा हप्ताको ६ दिन संचालमा रहेको र शनिबार विदा रहेको दिन विदा रहनेछ ।”

डा. रौनियार वीरगञ्जको गण्डकस्थित रहेको नारायणी ब्योधया हस्पिटलमा कार्यरत रहेका छन् भने फोन नम्बर ९८२०७०६८३४ मा सम्पर्क गर्ने सकिने जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...