Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गापाद्वारा मृतक कर्मचारीका परिवारलाई २४ लाख क्षतिपूर्ति

spot_img
spot_img

वीरगंज । काेराेना संक्रमणबाट मृत्यु भएकाे एक कर्मचारीलाई पर्साकाे जगरनाथपुर गाउँपालिकाले आर्थिक सहयाेग गरेकाे छ । काेराेना संक्रमणबाट मृत्यु भएका गाउँपालिकाका तत्कालिन स्वास्थ्य शाखा प्रमुख रामसकिल साहकाे परिवारलाई गाउँपालिकाले रु २४ लाख सहयाेग गरेकाे हाे ।

सहयाेग रकमकाे चेक एक कार्यक्रमकाे बिच आइतबार पिडित परिवारलाई गाउँपालिकाले हस्तान्तरण गरेकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे कार्यक्रममा मृतक रामसकिलका जेठाे छाेरा अंशु कुमार साहलाई गाउँपालिका अध्यक्ष जालिम मियाँले रु २४ लाखकाे चेक हस्तान्तरण गरेका थिए ।

महाेतरीकाे मन्दरा सिसवा नगरपालिका वडा नं. ७ घर भएका रामसकिलकाे गत बर्ष काेराेना संक्रमणले मृत्यु भएकाे थियाे । काेराे संक्रमणबाट मृत्यु भएका कर्मचारीकाे क्षतिपूर्ति वापत नेपाल सरकारले पठाएकाे रकम गाउँपालिकाले हस्तान्तरण गरेकाे हाे ।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, नेकपा एमालेका नेता माेसालिम मियाँ, जनता समाजवादी पार्टीका नेता सरिफ गद्दी, वडाध्यक्षहरु मंगरु राउत गद्दी, नगिना राउत अहिर, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका लेखापाल संजय पटेल, याेजना शाखा प्रमुख दिपेन्द्र दास थारु, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह, शिक्षा शाखा प्रमुख नरेश महताे काेइरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस अघि पनि गाउँपालिकाले मृतक कर्मचारीका परिवारलाई एक लाख सहयाेग गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...