Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

आयुर्वेदिक स्वास्थ्य तथा थेरापी शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ अमलेखगन्जकाे आयाेजनामा शनिबार अमलेखगन्जमा आयुर्वेदिक स्वास्थ्य तथा थेरापी शिविर सम्पन्न भएकाे छ । ने.मा.वि. अमलेखगन्जमा भएकाे शिविरमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा २१ र २२ का गरी करिब ५० जनाले स्वास्थ चेकजाँच र थेरापी सुविधा लिएका थिए ।

प्रकृति आयुर्वेदिक सेन्टर तथा सब इन्टरप्राइजेज हेटाैंडाकाे प्राविधिक सहयाेगमा भएकाे शिविरकाे उद्घाटन जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष  कृष्ण बहादुर शाही ठकुरी र इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख प्रहरी नायव निरीक्षक कलाम शहीले संयुक्त रुपमा गरेका थिए ।

लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष चुडामणी खरेलको अध्यक्षतामा भएको शिविरमा प्रकृति आयुर्वेदिक सेन्टरको तर्फबाट डा. रमेशकुमार चौधरीले स्वास्थ्य चेकजाँच गरेकाे लायन्स क्लब अफ अमलेखगञ्जकी कोषाध्यक्ष बर्षा कुमारी मगरले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...