Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कांग्रेस बहुदरमाईका निर्वाचित समितिलाई प्रमाण पत्र वितरण

spot_img
spot_img

बीरगंज । नेपाली कांग्रेस बहुदरमाई नगरपालिकामा निर्वाचित गाउँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार एक कार्यक्रमकाे बिच प्रमाण पत्र वितरण गरिएको छ ।

वीरगंजस्थित साह दरबार पार्टी प्यालेसमा भएकाे कार्यक्रममा नव निर्वाचित नेपाली कांग्रेस बहुदरमाई नगरपालिकाका सभापति रामानन्द राउत अहिर, उपसभापति सुशील कुमार साह, ध्रुव प्रसाद कुशवाहा, सचिव हरिन्द्र प्रसाद साह, जितेन्द्र प्रसाद यादव, सह सचिव रसुल मियाँ, सुरज साह लगायतकालाई प्रमाण पत्र वितरण गरिएकाे हाे । 

बहुदरमाई नगर समितिले आयोजना गरेको होली मिलन एवं प्रमाण पत्र वितरण कार्यक्रममा पार्टी जिल्ला सभापति जनार्धन सिंह क्षेत्री र उप सभापति रामनारायण कुर्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

बहुदरमाई नगरपालिकाका नव निर्वाचित सभापति रामानन्द राउतको सभापतित्व एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा, बहुरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, नेता अशोक गुप्ता, किशुन चौहान, रामरुप कुर्मी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...