Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस बहुदरमाईका निर्वाचित समितिलाई प्रमाण पत्र वितरण

spot_img
spot_img

बीरगंज । नेपाली कांग्रेस बहुदरमाई नगरपालिकामा निर्वाचित गाउँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार एक कार्यक्रमकाे बिच प्रमाण पत्र वितरण गरिएको छ ।

वीरगंजस्थित साह दरबार पार्टी प्यालेसमा भएकाे कार्यक्रममा नव निर्वाचित नेपाली कांग्रेस बहुदरमाई नगरपालिकाका सभापति रामानन्द राउत अहिर, उपसभापति सुशील कुमार साह, ध्रुव प्रसाद कुशवाहा, सचिव हरिन्द्र प्रसाद साह, जितेन्द्र प्रसाद यादव, सह सचिव रसुल मियाँ, सुरज साह लगायतकालाई प्रमाण पत्र वितरण गरिएकाे हाे । 

बहुदरमाई नगर समितिले आयोजना गरेको होली मिलन एवं प्रमाण पत्र वितरण कार्यक्रममा पार्टी जिल्ला सभापति जनार्धन सिंह क्षेत्री र उप सभापति रामनारायण कुर्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

बहुदरमाई नगरपालिकाका नव निर्वाचित सभापति रामानन्द राउतको सभापतित्व एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा, बहुरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, नेता अशोक गुप्ता, किशुन चौहान, रामरुप कुर्मी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...